News Portal

साझा यातायात माथि सरकारकाे निकरानी

हिमाली संचार संवाददाता
५०२ पटक

काठमाडौँ – यतिखेर साझा यातायात अन्योलमा छ । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदका लागि दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेसँगै साझामा यस्तो परिस्थिति आएको हो ।

गत बिहीबार मन्त्रिपरिषदको निर्णयले विद्युतीय बस खरिदका लागि साझालाई दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । सोे रकम ब्याजसहित असुल गरिने सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गरिसकेका छन् । यद्यपि अहिलेसम्म सरकारी निर्णयको पत्र भने साझामा पुगिसकेको छैन ।

यता, सरकारको यस्तो निर्णय आएसँगै पहिले नै घाटामा रहेको साझामा थप सङ्कट पैदा भएको छ । विद्युतीय बस खरिद प्रक्रिया अघि बढाइसकेको साझामा सरकारले पूर्ण लगानी ब्याजसहित फिर्ता लिने भएपछि सकस उत्पन्न भएको हो । यतिखेर सरकारी लगानी फिर्ता जानेमा भन्दा पनि साझा लगानीको ब्याज तिर्नुपर्नेमा बढी सशंकित छ ।

गत साउनमा ३ सयवटा विद्युतीय बस खरिद गर्न भन्दै सरकारले साझालाई तीन अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । पैसा उपलब्ध गराएको ६ महिना बितिसक्दा समेत साझाले बस खरिद गर्न सकेन । अहिले यही कारण देखाउँदै सरकारले साझासँग पैसा फिर्ता लिने नीति बनाएको छ । त्यो पनि अहिलेसम्मको ब्याजसहित ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...