आज : २०२६-०७-२८, मङ्गलबार

खाडी रास्ट्र्हरुबाटै भित्रीन्छ ५० प्रतिशत विप्रेषण

काठमाडौं १३, २०७६ माघ : नेपालमा भित्रिने कूल विप्रेषण (रेमिट्यान्स)मा खाडी मुलुकको योगदान सबैभन्दा बढी देखिएको छ।

नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको रेमिट्यान्स सम्बन्धी प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७६/७७ को पहिलो चार महिनाभित्र खाडी मुलुकहरुबाट मात्र प्राप्त हुने कुल रेमिट्यान्स ५०.३ प्रतिशत रहेको छ।

उक्त अवधिमा कुल तीन खर्ब ४९ अर्ब ७० करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएकोमा खाडी मुलुकअन्तर्गतको कतारबाट मात्र १७ दशमलव सात प्रतिशत अर्थात ५३ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।

भारतबाट चाहिँ नेपालमा कूल रेमिट्यान्सको १४ दशमलव दुई प्रतिशत अर्थात ४३ अर्ब १६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, यो खबरआर्थिक दैनिकमा समाचार छ।