News Portal

बग्दादस्थित अमेरिकी दूतवास परिसरमा रकेट आक्रमण

हिमाली संचार संवाददाता
६४८ पटक

एजेन्सी : इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासनजिकै फेरि मिसाइल हमला भएको छ। समाचार एजेन्सी एएफपीले सुरक्षा स्रोतको उदृत गर्दै बग्दादस्थित अमेरिकी दूतावास नजिकै आइतबार थुप्रै रकेटहरु प्रहार गरिएको जनाइएको छ।

अमेरिकी चेतावनीपछि पनि लागातार आक्रमण भएपछि मध्यपूर्वमा थप तनाव बढ्ने संकेत देखिएको छ। यद्यपि, यो आक्रमणको कुनै पनि देश वा संगठनले जिम्मेवारी भने लिइसकेको छैन।

टाइग्रिस नदीको पश्चिमी किनारमा विस्फोटका आवाजहरु सुनिएको र त्यहाँ धेरै देशका दूतावासहरू रहेको त्यहाँ पुगेका एजेन्सीका एक प्रतिनिधिले जानकारी दिएका छन।

सञ्चारमाध्यामहरुका अनुसार तीन उच्च क्षमताका रकेट (मिसाइल) त्यहाँ अवस्थित उच्च सुरक्षा जोनमा खसेका छन् भने अन्य पाँचवटा रकेट अर्को ठाउँमा खसेका छन। यी आक्रमणहरूमा हताहतीबारे समाचार बाहिर आइसकेको छैन।

केही दिनअघि इराकको राजधानीको उच्च सुरक्षा ग्रीन जोनमा अवस्थित अमेरिकी दूतावासमा तीनवटा रकेट प्रहार गरिएको थियो। यद्यपि यी आक्रमणहरूमा पनि कुनै हताहती भएको थिएन। स्मरणरहोस्, हरित क्षेत्र मध्य बगदादमा अवस्थित छ, जहाँ सरकारी भवनहरू र कूटनीतिक भवनहरु रहेका छन।

रिपोर्टहरूले भनेका छन्कि अमेरिकी दूतावास विगत केहि महिना यता धेरै पटक निशानामा परिसकेको छ। ग्रीन जोन क्षेत्रमा हुने आक्रमणलाई अमेरिकाले इरान समर्थित अर्धसैनिक समूहलाई जिम्मेवार ठहराइरहेको छ। ईरानी जनरल कासिम सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच द्वन्द्व चर्किरहेको छ।

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...