News Portal

भारतद्वारा नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग

हिमाली संचार संवाददाता
४५० पटक

काठमाडौँ । ७१ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ ।

नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो ।

दूतावासले विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा बस समेत सहयोग गरेको छ । नेपालस्थित भारतीय दूतावसमा भएको एक कार्यक्रमकाबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ । दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो ।

कार्यबाहक राजदूत डा. अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक समेत प्रदान गरे ।

कार्यबाहक राजदूत अजय कुमारले गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपति दिएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।

भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिवद्धता समेत गरेको छ । विभिन्न समय र सन्दर्भमा भारतले नेपालका नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैर नाफामुलक संस्थाहरलाई ७ सय ८२ एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय ५४ बस प्रदान गरेको छ । दिवसका अवसरमा इण्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...