News Portal

  • धादिङ रेडक्रसका पदाधिकारीले भूकम्पका नाममा गरे ब्रम्हलुट

    हिमाली संचार संवाददाता
    ५४१ पटक

    काठमाडौं – भूकम्पका कारण १० हजार भन्दा बढी सर्वसाधरणले ज्यान गुमाए। लाखौँ जनता घरबार विहिन बने। भूकम्पपछि सहयोगका लागि नेपालमा धेरै विदेशी दातृ निकायले तदारुकता देखाए। नेपालमै रहेको नेपाल रेडक्रस सोसाइटीले पनि सहयोग नगरेको होइन। तर, नेपाल रेडक्रस पदाधिकारीले उक्त भूकम्पमा आएको राहत रकममा ब्रम्हलुट मच्चाए।

    अध्यक्ष सञ्जीव थापासहितका उच्च अधिकारीलाई विभिन्न निकायले छानबीन समेत गर्यो। तर हालसम्म कानुनी कारबाही भने भएको छैन। रेडक्रसको जिल्लामा रहेका पदाधिकारीले सोही भूकम्पमा गरेको आर्थिक अनियमितताको विषय पनि राम्रै चर्चा भयो।

    रेडक्रसको तथ्यांकअनुसार केन्द्रीय पदाधिकारीसहित भूकम्प प्रभावित ओखलढुङ्गा, रामेछाप, सिन्धुली, ललितपुर, भक्तपुर, काठमाण्डौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा, रसुवा, नुवाकोट, धादिङ, दोलखा र मकवानपुर जिल्लाका रेडक्रस भूकम्प प्रतिकार्य सञ्चालन समितिका ७० जना पदाधिकारी तथा सदस्यहरुले तलबलाई घुमाउरो पाराले मासिक अनोरियम भनेर लुट मच्चाएका थिए। उनीहरुले २०७२ असार २५ गतेको निर्णयबाट लुट नै मच्चाएका थिए।

    उनीहरुले रेडक्रसबाट अनोरियम त बुझे तर कर भने बुझाएका थिएनन् । कर नबुझाएपछि जिल्ला प्रशासन कार्यालयले पत्र नै काटेको थियो । धेरै रकम बुझेर राज्यलाई कर भने नतिर्ने र लुट मच्चाउँदै आएका रेडक्रस धादिङका पदाधिकारीले चुनाव नजिकिएपछि करको रकम दाखिला गरेको खुलाशा भएको छ।

    केही समय रेडक्रसको केन्द्रीय कोषाध्यक्ष समेत बनेका हाल धादिङ रेडक्रस सभापति सिताराम कोइरालाले सबैभन्दा धेरै अनियमितता गरेको रेडक्रस कर्मचारी बताउँछन्।

    उनले आफूले गरेको अनिमितता बापतको कर दाखिला गरेको स्रोत बताउँछ। त्यस्ते उपसभापति नारायण तिमिल्सेना र कोषाध्यक्ष दुर्लभ कुमार तामाङले पनि कर बुझाएको बताइएको छ। आगामी माघ २४ गते आयोजना गरिएको जिल्ला रेडक्रसको वार्षिक साधारण सभाको मुखैमा आफू चोखो बन्न कर बुझाएको बताइएको छ।

    स्रोतका अनुसार जिल्ला सभापति सिताराम कोइरालाले रु ५ लाख भन्दा बढी रकम बुझेका थिए । उनले कर कार्यालयमा ७५ हजार रुपैयाँ कर बुझाएका छन् । यसबाट हेर्दा उनले करिब साढे ६ लाख रुपैयाँ लिएकाे खुलस्त हुन्छ। एक प्रतिशत भने यसअघि नै बुझाएको कोइरालाले बताए।

    त्यस्तै उपसभापति तिमिल्सेना र कोषाध्यक्ष दुर्लभकुमार तामाङले पनि सोही हाराहारीकै रकम बुझेका थिए। ‘मैले र कोषाध्यक्षले ६५ हजार ५ सय रुपैयाँका दरले कर बुझायौँ,’ तिमिल्सेनाले भने एक प्रतिशत अगाडी नै बुझाएका हौँ।’

    करलाई आधार मानेर हिसाब किताब गर्दा करिब पाँच लाख रुपैया उनले आफ्नो गोजिमा हालेको स्पष्ट देखिन्छ। सभापति कोइरालाले आफूहरुले १५ प्रतिशत रकम बुझाएको बताए। उनले आफूले दाखिला गरेको रकम हेरेर मात्रै भन्न सक्ने बताए।

    सभापति सिताराम कोइरालाले ३ जना सदस्य मनोनित गरेका छन्। जसमा एक जना महिला हुनुपर्ने विधानमै व्यवस्था छ। तर उनले विधानको धज्जी उडाउँदै ३ नै जना पुरुष सदस्य मनोनित गरेका थिए।

    त्यति मात्रै होइन सभापति कोइराला र कोषाध्यक्ष दुर्लभ कुमार तामाङ २०७२ साल बैशाख १८ गतेदेखि आजको दिनसम्म रेडक्रस जिल्ला शाखा भवनमा नै दुवै जनाले अड्डा जमाएर बसेको छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...

    राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

    काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा...