News Portal

महेन्द्रनगरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु कञ्चनपुर तनावग्रस्त

हिमाली संचार संवाददाता
५५६ पटक

कञ्चनपुर – भीमदत्तनगरपालिका-४ भानुचोकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार साँझ पुर्व-पश्चिम राजमार्ग अन्तर्गत भाषीबाट महेन्द्रनगर बजार आइरहेको से १ क ८८७ नम्बरको टिपरको ठक्करले पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए।

प्रहरीकाअनुसार बैतडी गुरुखोला घर भई हाल महेन्द्रनगर गोवरैयामा डेरागरी बस्दै आएकी २० वर्षिया रमिता भट्टको घटनास्थलमै मृत्यु भएको हो। चालकले टिपर वेग गरेर किचेको भन्दै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

प्रहरीले घटनास्थलमा तीन राउण्ड अश्रुग्याँससमेत प्रहार गरेको छ। मृतकको शव महाकाली अस्पतालमा राखिएको छ। मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...