News Portal

गायक प्रताप लामाले सञ्चालनमा ल्याए टोटला रेष्ट्रो एण्ड बार (भिडियोसहित)

हिमाली संचार संवाददाता
४७१ पटक

उर्लाबारी – नेपाली तारा सिजन ३ का विजेता तथा गायक प्रताप लामाले टोटला रेष्ट्रो एण्ड बार सञ्चालनमा ल्याएका छन् ।
मोरङको उर्लाबारीमा गायक लामा र उर्लाबारीका नितम चौहानले सो बार सञ्चालनमा ल्याएका हुन् । नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गरेर करिब १ करोड ३० लाख रुपैयाँको लागतमा सो बार सञ्चालन गरिएको सञ्चालकसमेत चौहानको भनाई छ । सेवाग्राहीहरु सांगितिक माहोल रम्न पाउने उनले बताए ।
प्रत्येक महिना चर्चित कलाकार र दैनिक स्थानीय तथा परिचित कलाकारहरुले प्रस्तुति दिने गायक लामाले बताए । गायनसँगै ब्यवसायमा पनि हात हालेको र सबैको साथ र सहयोग पाउनेमा आशाबादी रहेको उनले बताए । भबिष्यलाई सोचेर ब्यवसाय क्षेत्रमा लागेको बताउँदै गायक लामाले भने–‘गायन क्षेत्रमा म हिजोको जस्तै सक्रिय रहने छु ।’ बारको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरे । उनले सांगितिक क्षेत्रमा रम्न चाहनेका लागि टोटला रेष्ट्रो महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए । कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापा, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, होटल ब्यवसायी संघका क्षेत्रीय अध्यक्ष मनोहरी दाहाललगायतले बोलेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...