News Portal

चीनमा एक नेपालीकाे मृत्यु कोरोना भाइरसकै कारण शव नेपाल पठाउन ढिला

हिमाली संचार संवाददाता
९५६ पटक

बेइजिङ — चीनमा कोरोना भाइरसकाे संक्रमण फैलिएपछि एक नेपाली युवाको शव नेपाल फर्काउन समस्या भएको छ। एक दशकदेखि चीनमा कार्यरत दोलखाका ३८ वर्षीय नेपाली कामदार पुष्कर खड्काको गत आइतबार आफू बसेकै होटलमा निधन भएको थियो ।

कोरोना भाइरसको केन्द्र मानिएको हुबेई प्रान्तको वुहानस्थित इन्डियन मार्का नामक भारतीय रेस्टुरेन्टमा उनी कार्यरत थिए। अस्पतालको प्रारम्भिक प्रतिवेदनअनुसार खड्काको मृत्युमा कोराेना भाइरसकाे संक्रमण देखिएकाे छैन । शनिबार राति मृतक खड्का साथीसहित हाेटेलमा बसेकाे वुहानमै रहेका बाग्लुङका टोपबहादुर थापाले कान्तिपुरलाई बताए।

खड्का एक दशकदेखि चीनमा ‘सेफ’सम्बन्धी काम गर्दै आएका थिए। दोलखाकाे काटाकुटी पुर्ख्यौली घर भएका खड्काकी आमा, श्रीमती र छोरासहितको परिवार हाल भक्तपुरको ठिमीमा बस्दै आएको छ।

भारतीय कम्पनीले ड्युटी बाहिरको घटना भएकाले क्षतिपूर्ति नबेहोर्ने बताएको छ। मृतकको शव नेपाल लैजान करिब १ लाख चिनियाँ आरएमबी लाग्ने भएकाले खर्च जुटाउनका लागि नेपालस्थित जिम्मेवार निकाय र बेइजिङस्थित नेपाली दूतावासले पहल गरिरहेको मृतकका आफन्‍त धनबहादुर कार्कीले जानकारी दिएका छन्। चिनियाँ वसन्त चाड सकिएपछि शव नेपाल फर्काउने प्रक्रिया अघि बढ्न सक्ने चीनस्थित नेपाली अधिकारीहरूले बताएका छन्। शुक्रबारदेखि सुरू हुने चिनियाँ नयाँ वर्षको बिदा एक सातापछि सकिनेछ। नेपाली दूतावासका अनुसार कोरोना भाइरसका कारण तत्काल शव नेपाल लैजानका लागि समस्या भएको हो।

चिनियाँ वसन्त चाडको लामो बिदामा चिनियाँहरूको बाक्लो ओहरदोहोर हुने भएकाले कोरोना भाइरस फैलिने आशंकामा वुहानको सरकारले बिहीबारदेखि लागू हुने गरी त्यहाँका सार्वजनिक यातायातहरू अस्थायी रूपमा बन्दको घोषणा गरेको छ। स्थानीय बस, लामो दूरीका बस तथा सबवेलगायत बिहीबार बिहान १० बजेदेखि बन्द गरिएका छन्। वुहानबाट चल्ने सबै हवाई उडानहरू तथा रेल तालिका रद्ध गरिएको छ। वुहानका स्थानीय बासिन्दालाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन चेतावनी जारी गरिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...