News Portal

गोष्ठीका लागि अमेरिका पुगेका उपमेयर दर्शना अमेरिकामै लुकिन्

हिमाली संचार संवाददाता
४७६ पटक

काठमाडौं – गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेकी छन् ।

दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेको केही समयसम्म उनी नगरपालिकाका मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमै थिइन् ।

तर, पछिल्लो एक महिनायता मेयर शाहीसँग पनि दर्शना सम्पर्कविहीन भएकी छन् । ‘कात्तिकको पहिलो सातातिर जानुभएको हो । सुरुमा सम्पर्कमै हुनुहुन्थ्यो । पुसयता सम्पर्क भएको छैन, ’ मेयर शाहीले भने ।

उपमेयर दर्शनाले म्यासेन्जरबाट भएको कलमा आफू बिरामी भएकोले फर्किन ढिलो भएको बताएको मेयर शाहीले बताए । उनले भने, ‘म्यासेन्जरमा कुरा भएको थियो । बिरामी भएकोले ढिलो भएको जानकारी गराउनुभयो । पुससम्म पम्पर्कमै हुनुहुन्थ्यो । त्यसपछि सम्पर्क भएको छैन ।’

मेयर शाहीले म्यासेन्जरमा कुरा गरेको बताए पनि दर्शनाको फेसबुक एकाउन्ट अहिले निष्क्रिय छ ।

दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्यसमेत भएकोले अमेरिकाको गोष्ठीमा जाने अवसर पाएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...