News Portal

गोष्ठीका लागि अमेरिका पुगेका उपमेयर दर्शना अमेरिकामै लुकिन्

हिमाली संचार संवाददाता
४३९ पटक

काठमाडौं – गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेकी छन् ।

दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेको केही समयसम्म उनी नगरपालिकाका मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमै थिइन् ।

तर, पछिल्लो एक महिनायता मेयर शाहीसँग पनि दर्शना सम्पर्कविहीन भएकी छन् । ‘कात्तिकको पहिलो सातातिर जानुभएको हो । सुरुमा सम्पर्कमै हुनुहुन्थ्यो । पुसयता सम्पर्क भएको छैन, ’ मेयर शाहीले भने ।

उपमेयर दर्शनाले म्यासेन्जरबाट भएको कलमा आफू बिरामी भएकोले फर्किन ढिलो भएको बताएको मेयर शाहीले बताए । उनले भने, ‘म्यासेन्जरमा कुरा भएको थियो । बिरामी भएकोले ढिलो भएको जानकारी गराउनुभयो । पुससम्म पम्पर्कमै हुनुहुन्थ्यो । त्यसपछि सम्पर्क भएको छैन ।’

मेयर शाहीले म्यासेन्जरमा कुरा गरेको बताए पनि दर्शनाको फेसबुक एकाउन्ट अहिले निष्क्रिय छ ।

दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्यसमेत भएकोले अमेरिकाको गोष्ठीमा जाने अवसर पाएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...