News Portal

अस्ट्रेलियामा विमान दुर्घटनामा ३ अमेरिकीको मृत्यु

हिमाली संचार संवाददाता
४७९ पटक

सिड्‍नी : अस्ट्रेलियाको न्यु साउथ वेल्समा भएको एयर ट्यांकर(आगो निभाउने विमान) दुर्घटनामा चालकदलका तीन जना अमेरिकी नागरिकको मृत्यु भएको छ।

न्यु साउथ वेल्स ग्रामीण अग्नि नियन्त्रण कार्यालयले सिड्‍नीनजिकै रहेको पहाडी क्षेत्रमा लागेको डढेलो निभाउन जाँदा विमान दुर्घटना भएको हो ।

अस्ट्रेलियाली अधिकारीका अनुसार मोनारो क्षेत्रको पहाडमा विमान ठोक्किएको थियो। जमिनमा ठोक्किएपछि विमानमा आगो लागेको अधिकारीहरुले बताएका छन्। दुर्घटनाको कारण भने थाहा भएको छैन।

दुर्घटनामा परेको आशंका गरिएको विमान बोइङ ७३७ हो। ‘वाटर बम्बिङ प्लेन’ नामले चिनिने यस्तो जहाजमा सामान्यतयाः दुई जना पाइलट हुने गर्छन्।

यसले १५ हजार लिटर पानी बोक्न सक्ने क्षमता राख्छ। साथै यसले आगो निभाउन प्रयोग गरिने विभिन्न पदार्थ तथा पानीको सहायताले जमिनमा रहेका अग्निनियन्त्रकलाई सहयोग पुर्‍याउँछ।

सिड्‍नीबाट पाँच घण्टाको दूरीमा रहेको पहाडी क्षेत्रको झन्डै ९४ हजार हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ।

सेप्टेम्बरबाट विभिन्न अस्ट्रेलियामा फैलिएको भीषण आगलागीका कारण अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ। झन्डै २ हजार घर ध्वस्त भइसकेको छ।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...