News Portal

अस्ट्रेलियामा विमान दुर्घटनामा ३ अमेरिकीको मृत्यु

हिमाली संचार संवाददाता
५३६ पटक

सिड्‍नी : अस्ट्रेलियाको न्यु साउथ वेल्समा भएको एयर ट्यांकर(आगो निभाउने विमान) दुर्घटनामा चालकदलका तीन जना अमेरिकी नागरिकको मृत्यु भएको छ।

न्यु साउथ वेल्स ग्रामीण अग्नि नियन्त्रण कार्यालयले सिड्‍नीनजिकै रहेको पहाडी क्षेत्रमा लागेको डढेलो निभाउन जाँदा विमान दुर्घटना भएको हो ।

अस्ट्रेलियाली अधिकारीका अनुसार मोनारो क्षेत्रको पहाडमा विमान ठोक्किएको थियो। जमिनमा ठोक्किएपछि विमानमा आगो लागेको अधिकारीहरुले बताएका छन्। दुर्घटनाको कारण भने थाहा भएको छैन।

दुर्घटनामा परेको आशंका गरिएको विमान बोइङ ७३७ हो। ‘वाटर बम्बिङ प्लेन’ नामले चिनिने यस्तो जहाजमा सामान्यतयाः दुई जना पाइलट हुने गर्छन्।

यसले १५ हजार लिटर पानी बोक्न सक्ने क्षमता राख्छ। साथै यसले आगो निभाउन प्रयोग गरिने विभिन्न पदार्थ तथा पानीको सहायताले जमिनमा रहेका अग्निनियन्त्रकलाई सहयोग पुर्‍याउँछ।

सिड्‍नीबाट पाँच घण्टाको दूरीमा रहेको पहाडी क्षेत्रको झन्डै ९४ हजार हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ।

सेप्टेम्बरबाट विभिन्न अस्ट्रेलियामा फैलिएको भीषण आगलागीका कारण अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ। झन्डै २ हजार घर ध्वस्त भइसकेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...