
अन्नपूर्ण आधारशिविरको पदमार्गमा हराइरहेका ४ जना कोरियन पदयात्री र ३ जना नेपाली गाइडहरुको खोजीमा नेपाली सेनाले सक्रियता देखाएको छ।
माघ ७ गतेदेखि नेपाली सेनाको सेकेण्ड रेञ्जर गणका गणपतिसहितको टोली पर्यटक र गाइडको खोजीमा अन्नपूर्ण आधार शिविरमा सक्रिय रहेका छन।
स्थानीय तथा अन्य पर्यटकको सूचनाको आधारमा आधार शिविरको हिउँ पहिरोमा सेनाले ५ मिटर तलसम्म खनेर उनीहरुको खोजी गरिरहेको छ।
माघ ७ र ८ गते नेपाली सेनाको टोलीले हिउँमा खनेर उनीहरुको उद्धारका लागि पहल गरेको हो। यद्यपि यतिबेलासम्म कुनै उपलब्धि प्राप्त गर्न नसकिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।
माघ ७ र ८ गते साँझ ५ बजेसम्म खोजी गरिएपनि हराइरहेका पदयात्री प्राप्त गर्न नसकिएको सेनाले जनाएको छ।
माघ ९ गते पनि बिहानैदेखि हिउँ खन्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाको साथमा नेपाली गाइडका आफन्त पनि अन्नपूर्ण आधार शिविर क्षेत्रमा खोजीमा सक्रिय रहेका छन।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
