News Portal

लेखक तथा नेकपाका पूर्व केन्द्रीय सदस्य लोहनी चितवनमा पक्राउ

हिमाली संचार संवाददाता
५७८ पटक

काठमाडौं ०६, २०७६ माघ : लेखक तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।

सोमबार बाटोमा हिडिरहेका बेला उनलाई अपहरण शैलीमा प्रहरीले पक्राउ गरेको उनको पारिवारिक स्रोतले बताएको छ।

उनलाई केकति कारणले पक्राउ गरेको हो भन्ने विषयमा प्रहरीले केहि जानकारी नदिएको उनकी धर्मपत्नी सरला रेग्मीले बताइन।

लोहनीलाई सोमबार दिउसो समातेर जिल्ला प्रहरी कार्यालय चितवनमै राखिएको बुझिएको छ। लोहनी विद्रोही नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य समेत हुन्।

बिगत लामो समयदेखि अस्वस्थ रहेका लोहनीले स्वास्थ्यकै कारण केहि समयअघि मात्रै नेकपाको केन्द्रीय समितिबाट बिदा लिएका थिए। उनलाई यसअघि पनि गत असोजमा चितवन प्रहरीले पक्राउ गरेको थियो। त्यसबखत पनि उनी १३ दिन हिरासतमा बसेका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले यस विषयमा आफुलाई कुनै सुचना नै नआएको बताएको संचारकेन्द्रडटकमले जनाएको छ।

उक्त पक्राउको विषयमा जान्न खोज्दा प्रवक्ता कोइरालाले उल्टै  ‘सूचना कहाँबाट आयो भनेर’  हास्यास्पद जवाफ फर्काए।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...