News Portal

माेरङस्थित इन्द्रपुर जेसिज मङ्गल स्मृति प्रतिष्ठानमा खाद्य मेला सञ्चालन

हिमाली संचार संवाददाता
६११ पटक

माेरङ : आयोजक सस्था खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आज सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा पत्रकार सम्मेलन गरि मेलाको मिति र स्थान सार्वजनिक गरेको हो।

आयोजक सस्थाका अनुसार ३ दिनसम्म सञ्चालन हुने उक्त खाध प्रदर्शनी मेला माघ १० गते देखि शुरु भई माघ १२ गते सम्म सञ्चालन हुनेछ।

उक्त खाध मेलामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर मेलाकाे मुख्य आयोजक रहेको छ भने सुन्दरहरैँचा नगरपालिका, कोशीहरैँचा उद्योग वाणिज्य सङ्घ, इन्द्रपुर जेसिज तथा कालीखोला बहुउद्देश्यीय सामुदायिक सेवा समिति, सुन्दरहरैँचा सह-आयोजक रहेका छन।

परम्परागत पोषिलाे तथा स्थानीय खाद्य पदार्थहरुको प्रवर्द्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ” भन्‍ने मुल नाराका साथमा उक्त मेला शुरु हुन लागेको हो।

खाध मेलामा ६० वटा स्थल रहने जसमा परम्परागत खाद्य पदार्थहरु एवं तिनका पौष्टिक महत्वबारे जानकारी, खाद्य प्रविधि तथा पोषणसँग सम्बन्धित शैक्षिक संस्थाहरुको स्टल, होमस्टे, जाति विशेषका स्थानीय परिकार, घरेलु स्तरका खाद्य उद्योगहरु, खाद्य उद्याेगका लागि मेशिनरी उपकरण तथा खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्सहरुको स्टल रहने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए।

आयोजकले खाध मेलामा स्टलहरुको सहभागिताका लागि नि:शुल्क स्टलको व्यवस्था साथै प्रवेश शुल्कमा समेत निशुल्क गरेको छ।

प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद दाहालले यस प्रकारकाे खाद्य मेलाबाट अल्प प्रचलनमा रहेका खाद्य पदार्थ एवं तिनका पौष्टिक महत्व बारेको जनचेतना अभिबृद्धि हुने, खाद्य उद्यमीहरुलाई बजारको सम्बन्ध स्थापित गर्न सघाउ पुग्ने, विभिन्‍न सरोकारवाला निकायहरु बीचको समन्वय र सहकार्य मार्फत खाद्य स्वच्छता, पोषण सुधार तथा खाने बानीमा सुधार गर्नमा सहयोग मिल्ने अपेक्षा गरिएको बताए।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...