आज : २०२६-०६-१३, शनिबार

रंगेलीमा माघ महिनाकाे जाडाेमा समेत धान रोपाई

माघ ६, सोमवार। मोरङ, के तपाई पत्याउनु हुन्छ माघ महिनाको जाडाे, चिसाे मौसममा पनि धान रोपाई हुन्छ भन्ने कुरा सायद धेरैलाई पत्यार नलाग्न  सक्छ तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ।

मोरङको रंगेली नगरपालिका ६, स्थित मधुवनि चोक, र ननकार टाेल र सुनवर्सि नगरपालिका ५ स्थित झिङ्गि टाेलमा बर्षाे देखि माघ महिनामा समेत घान राेपाई हुने गरेको छ। साे क्षेत्रमा रहेको ३० औ बिधा खेतमा अहिले धान राेपाई धमाधम भइरहेको छ। माघ महिनाको जाडो समयमा महिला मजदुर महिलाहरु बिहानै देखि बीउ उखेल्न र हिलाम्मे खेतमा धान रोप्न किसानहरु ब्यस्त रहेका छन ।

यो क्षेत्रमा रहेको करिब ३० औ बिधा खेतमा अहिले कृषकहरु धान रोपाँईमा ब्यस्त हुन थालेका हुन। महिलाहरुले एक बिघाकाे ९ हजार रुपैयाँमा ठेक्का लिएर घान राेप्ने गरेको हो। एक बिघा घान राेपन्न ५ देखि ७ जनालाई ७ दिन देखि १० दिन सम्म लाग्ने गरेको र उनिहरुले एक जना बराबर दैनिक २ सय ५० रुपैयाँ कमाउछन।

साे क्षेत्रमा रहेको  खेतमा दुई बाली घान मात्रै लगाउने गरेका छन। माटो नराम्रो भएका कारण अरु वाली नहुने भएका हुनाले  किसानहरुले दुख गरेर धान खेती मात्रै लगाउने गरेको र अरु समयमा खेत बाझै छाडने गरेको  कृषकहरु बताउछन।

अहिले उक्त खेतमा घुटराज धान राेपी रहेका छन। माघमा रोपेको धान जेठ महिनामा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को धान रोप्ने गरेको  कृषकहरु बताउँछन्। सो खेतमा ३ सयमसम्म धान उत्पादन हुने गरेको छ। पछिल्लो समय वैदेशिक रोजगारीले गर्दा खेत बारीमा  काम गर्ने  मजदुरहरु समेत नपाउदा खेतीपाती गर्न समस्या समेत परेको कृषकहरु बताउछन्।