News Portal

क्यान इन्फाेटेक मेला सप्पन्न ३० हजारले गरे अवलाेकन

हिमाली संचार संवाददाता
४०५ पटक

तेजबहादुर बन इटहरी – गत माघ १ गते बाट इटहरीमा सञ्चालन भएकाे प्रदेश स्तरीय क्यान इन्फाेटेक मेला २०२० अाइतबार सम्पन्न भएकाे छ । ५ दिन सम्म चलेकाे मेलाले ५० लाखकाे काराेबार गरेकाे आयाेजक क्यान महासंघ सुनसरीले जानकारी दिएकाे छ । आइतबार अाैपचारीक रूपमा क्यान इन्फाेटेक मेला समापनकाे घाेषणा गर्दै आयाेजकले यस्ताे जानकारी गराएकाे हाे ।
समापन समाराेहमा बाेल्दै क्यान महासंघ सुनसरीका अध्यक्ष बिशाल बास्ताेलाले मेलामा ३० हजार आन्तरिक आगन्तुकहरूले अवलाेकन गरेकाे बताए ।

मेला भित्र राेबाेर्ट वार , रकेट प्रदर्शनी , ड्राेन , शिशि क्यामेरा , मान्छे संग बाेलने राेबाेर्ट , लेजर प्रिन्टर्सहरू अवलाेकनकर्ताहरूकाे मुख्य राेजाइमा परेकाे बताइएकाे छ ।

प्रभु पेइ मुख्य प्रायाेजक रहेकाे इन्फाेटेक मेलामा ब्यापार भन्दा शुचना प्रविधिकाे बिकास र यसकाे महत्वकाे बिषयमा धेरै भन्दा धेरै ज्ञान दिने साथसाथै पर्यटन वर्ष २०२० लाइ प्रवर्दन गर्ने उद्येश्यका साथ सञ्चालन गरिएकाे मेला संयाेजक तथा क्यान महासंघका उपाध्यक्ष खडग अाेझाले बताए । मेला सम्पन्न गर्न स्थानीय सरकार देखि प्रदेश सरकार र क्यान महासंघ केन्द्रीय कमिटि लगायत सहायक प्रायाेजक वर्ल्डलिंक इन्टरनेट कम्पनि प्रति अायाेजक क्यान महासंघ सुनसरीले आधार ब्यक्त गरेकाे छ ।
त्यसैगरी मेलाभित्र राखिएका स्टलहरू मध्ये शिशि क्यामारा , ब्रदर्श तथा क्याननका प्रिन्टरहरू बढी मात्रामा बिक्री बितरण भएकाे बताइएकाे छ । समापनकाे दिन अाइतबार इटहरी क्षेत्रका ३ दर्जन बढी निजि तथा सामुदायिक बिद्यालयका बिद्यार्थीहरूले अवलाेकन गरेका थीए ।
८० वटा स्टल रहेको उक्त मेलामा आइटी म्युजियमको व्यवस्था,सेफ्टी एण्ड सेक्युरीटी सम्बन्धी बृहत प्रदर्शनी ,शुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी , कम्प्युटर प्रिन्टर र ल्यापटप फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज , सिसि टिभी , एन्टी भाइरस लगायत बिभिन्न आइटी प्रोडक्टहरूमा बिशेष छुटको व्यवस्था , स्कुल कलेज स्तरीय आइटी क्विज प्रतियोगिता , कर्पोरेट स्टलको ब्यवस्था , स्केट प्रदर्शनी आइसिटि तालिम समेत प्रदान गरिएको थीयाे ।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...