News Portal

क्यान इन्फाेटेक मेला सप्पन्न ३० हजारले गरे अवलाेकन

हिमाली संचार संवाददाता
४५८ पटक

तेजबहादुर बन इटहरी – गत माघ १ गते बाट इटहरीमा सञ्चालन भएकाे प्रदेश स्तरीय क्यान इन्फाेटेक मेला २०२० अाइतबार सम्पन्न भएकाे छ । ५ दिन सम्म चलेकाे मेलाले ५० लाखकाे काराेबार गरेकाे आयाेजक क्यान महासंघ सुनसरीले जानकारी दिएकाे छ । आइतबार अाैपचारीक रूपमा क्यान इन्फाेटेक मेला समापनकाे घाेषणा गर्दै आयाेजकले यस्ताे जानकारी गराएकाे हाे ।
समापन समाराेहमा बाेल्दै क्यान महासंघ सुनसरीका अध्यक्ष बिशाल बास्ताेलाले मेलामा ३० हजार आन्तरिक आगन्तुकहरूले अवलाेकन गरेकाे बताए ।

मेला भित्र राेबाेर्ट वार , रकेट प्रदर्शनी , ड्राेन , शिशि क्यामेरा , मान्छे संग बाेलने राेबाेर्ट , लेजर प्रिन्टर्सहरू अवलाेकनकर्ताहरूकाे मुख्य राेजाइमा परेकाे बताइएकाे छ ।

प्रभु पेइ मुख्य प्रायाेजक रहेकाे इन्फाेटेक मेलामा ब्यापार भन्दा शुचना प्रविधिकाे बिकास र यसकाे महत्वकाे बिषयमा धेरै भन्दा धेरै ज्ञान दिने साथसाथै पर्यटन वर्ष २०२० लाइ प्रवर्दन गर्ने उद्येश्यका साथ सञ्चालन गरिएकाे मेला संयाेजक तथा क्यान महासंघका उपाध्यक्ष खडग अाेझाले बताए । मेला सम्पन्न गर्न स्थानीय सरकार देखि प्रदेश सरकार र क्यान महासंघ केन्द्रीय कमिटि लगायत सहायक प्रायाेजक वर्ल्डलिंक इन्टरनेट कम्पनि प्रति अायाेजक क्यान महासंघ सुनसरीले आधार ब्यक्त गरेकाे छ ।
त्यसैगरी मेलाभित्र राखिएका स्टलहरू मध्ये शिशि क्यामारा , ब्रदर्श तथा क्याननका प्रिन्टरहरू बढी मात्रामा बिक्री बितरण भएकाे बताइएकाे छ । समापनकाे दिन अाइतबार इटहरी क्षेत्रका ३ दर्जन बढी निजि तथा सामुदायिक बिद्यालयका बिद्यार्थीहरूले अवलाेकन गरेका थीए ।
८० वटा स्टल रहेको उक्त मेलामा आइटी म्युजियमको व्यवस्था,सेफ्टी एण्ड सेक्युरीटी सम्बन्धी बृहत प्रदर्शनी ,शुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी , कम्प्युटर प्रिन्टर र ल्यापटप फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज , सिसि टिभी , एन्टी भाइरस लगायत बिभिन्न आइटी प्रोडक्टहरूमा बिशेष छुटको व्यवस्था , स्कुल कलेज स्तरीय आइटी क्विज प्रतियोगिता , कर्पोरेट स्टलको ब्यवस्था , स्केट प्रदर्शनी आइसिटि तालिम समेत प्रदान गरिएको थीयाे ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...