News Portal

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले यस्तो तरिका अपनायाे

हिमाली संचार संवाददाता
६७३ पटक

काठमाडौं : ट्राफिक प्रहरीले सवारी दुर्घटना कम गर्न ‘चालकसित चिया’ कार्यक्रम संचालन गरेको छ। पूर्व पश्चिम राजमार्गमा बढ्दो सवारी दुर्घट्ना न्यूनीकरणका लागी यो कार्यक्रम सञ्चालन गरेको ट्राफिक प्रहरीले जनाएका हो।

राजमार्गमा राती गाडी चलाउँदा चालक निदाउने र दुर्घट्ना हुने गरेको पाईए पछि यस्तो नीति अपनाईएको प्रहरीले बतायो। ट्राफिक र इलाका प्रहरी चन्द्रनिगाहपुरले यस क्षेत्रमा मध्य रातमा चालकलाई चिया खुवाएर केहीबेर आराम गर्न लगाई पठाउने गरेको छ।

चालकलाई रोकेर चिया खुवाउने, उनिहरू सित कुरा गर्ने, ट्राफिक ज्ञान, दुर्घटनाबारे बताउने, र रिफ्रेस बनाई पठाउने गरिएको छ। चालक निदाउने हुँदा दुर्घटना बढेको भन्दै न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्दै चालक सित चिया कार्यक्रम ल्याइएको प्रहरीको भनाइ छ।

यो क्षेत्रमा लगातार सबारी दुर्घट्ना हुने गरेको छ। ‘रातभरी गाडी चलाउदा चालकहरू थाक्ने र निदाउने गर्नाले दुर्घटना हुने गर्छ। त्यसैले चालकलाई रोकेर चिया गफ गर्दा मस्तिष्क चलाख हुन्छ,’ इलाका प्रहरीका डिएसपी हेमबहादुर शाहीले भने, ‘हामिले सम्झाए अनुसार सचेत हुने हो भने दुर्घट्ना न्यूनीकरण आफै हुन्छ। चालकहरू आफै सचेत हुनुपर्छ।

यसैगरि, चन्द्रपुर ८ स्थित गौर–सन्तपुर खण्डमा शुक्रबार इलाका र जिल्ला ट्राफिकका प्रहरीले सबारी रोकेर चालकलाई सम्भावित दुर्घट्नाबारे सम्झाएर लापरबाहीका साथ नचलाउन अनुरोध गरे। केही पर आएपछि चालकहरूको हकाई उस्तै हुन्थ्यो।

बजार, भिडभाड, बिद्यालय क्षेत्रमा उनीहरू तीब्र गति र ओभरटेक गर्न नछाडेको पाइयो गुनासो समेत सुनियो। शाहीले चालकहरूलाई सम्भावित दुर्घटनाबारे जानकारी गराउन लागेको बताए।

‘हामीले सवारी चलाउँदा लापरबाही नगर्नुस् भनेर सम्झाएका छौं। उनीहरूसित दुर्घटना बढ्नुको कारण भनेका छौं,’ उनले भने, ‘चालक सचेत भयो भने दुर्घटना कम हुन्छ। सवारी चलाउँदा लापरबाही गर्नु हुन्न।

३ साताअघि गौर– चन्द्रनिगाहपुर खण्डको चन्द्रपुर ८ सन्तपुरस्थित शुभलाल भागवत उमावि अगाडि सन्तपुरबाट चपुर जांदै गरेको ना ७ ख ४३४७ टिफरले बृन्दावन १ बलेरिखोरका साइकल यात्री राजकुमार राउतलाई ठक्कर दिंदा मृत्यु भएको थियो।

चितवन राप्ति १ घर भएका चालक तिर्थराज तामाङलाई इलाका र जिल्ला ट्राफिकले केही समयअघि मात्र सवारी दुर्घटना हुन नदिने बारे जानकारी गराएका थिए तर उनले बेवास्ता गरे।

यस दुर्घट्नामा चालकको गम्भीर लापरबाही भनेर पिडित पक्षले पोष्टमार्टम गर्ने स्थानमै आन्दोलन गरे। त्यस्तै, ट्राफिकले सवारी चालकको स्वास्थ्य परिक्षण समेत गर्दैै आएको छ। पूर्व पश्चिमबाट आउने सबै गाडी रोकेर चालकको परीक्षण गरिन्छ।

पछिल्लो समय अधिकाश चालकमा उच्च रक्तचाप भएको पाईएको छ। धेरै प्रेसर भएका चालकले गाडी चलाउनु जोखिम हुन्छ। उच्च रक्तचाप भएका चालकले औषधि समेत सेवन नगरेको पाइएको छ। ट्राफिकका अनुसार ३ महिनामा ११ सय चालकको स्वास्थ्य परीक्षण गरिएकोमा धेरैमा उच्च रक्तचाप पाइएको छ।

रौतहट बस व्यवसायी संघ अध्यक्ष लालबाबु गिरीले सबैभन्दा बढी चालक सचेत हुनुपर्ने बताए। जिल्ला ट्राफिकका अनुसार चालु आर्थिक वर्षको साउन यता ६ महिनामा जिल्लाभरी ९४ सवारी दुर्घटना भए। दुर्घटनामा २८ ले ज्यान गुमाए।

१ सय ५७ घाईते भएको तथ्यांक छ। यही अवधिमा १० हजार २६ सवारीलाई ट्राफिक नियम उल्लघन गरेको आरोपमा कारबाही गरिएको छ। उनीहरूबाट ६१ लाख ७७ हजार जरिवाना असुलेको ट्राफिकले जनायो।

ट्राफिकको तथ्यांक हेर्ने हो भने वर्ष २०७४/७५ मा देशभरि १० हजार १ सय ६५ वटा सबारी दुर्घट्ना भएको छ। सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनायो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...