News Portal

चितवनमा प्रधानमन्त्री ओली निकट नेताले प्रचण्ड निकट पत्रकारलाई कुटेपछी…

हिमाली संचार संवाददाता
६३३ पटक

चितवन ०४, २०७६ माघ : प्रेस संगठनका जिल्ला सदस्य तथा सौराहा अनलाइनका सम्पादक राजेन्द्र आचार्यमाथि शुक्रबार साँझ आक्रमण भएको छ।

दाताज इभेन्टले भरतपुरस्थित द तन्दुरी प्यालेसमा आयोजना गरेको रात्रीकालिन कार्यक्रममा सहभागी हुन गएका पत्रकार आचार्यमाथि सप्तगण्डकी अनेरास्ववियुका नेता हरी आचार्यले आक्रमण गरेका हुन।

तैले सधैं किन नेकपाका अध्यक्ष प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको मात्र समाचार हाइलाइट गर्छस भन्दै हरी आचार्यले एक्कासी आफुमाथि आक्रमण गरेको पत्रकार राजेन्द्र आचार्यले वताए।

हरीले आक्रमण गर्दा पत्रकार आचार्यको गालामा चोट लागेको पत्रकार सुरेन कुँवरले वताएको हाम्राकुराडटकममा समाचार छ। घटना लगत्तै चितवन प्रहरी घटनास्थलमा पुगेको थियो भने आक्रमणकारी आचार्य भागेका थिए।

राजेन्द्रमाथि आक्रमण हुँदा सप्तगण्डकी क्याम्पस प्रमुख मणीराज महतो र अन्य बिद्यार्थी संगठनका नेताहरुको पनि त्यहाँ उपस्थिती रहेको थियो।

नेकपामा पूर्व एमाले निकट रहेका हरीले पूर्व माओवादी एवं प्रचण्ड निकट पत्रकार मानिने राजेन्द्रमाथि आक्रमण गरेपछि चितवनमा ओली र प्रचण्ड पक्षको लडाईं कार्यकर्ता हुँदै पत्रकारसम्म आइपुगेको सहभागी एक पत्रकारले वताए।

कार्यक्रममा नेकपा निकट अन्य पत्रकारहरुको पनि सहभागिता रहेको थियो। प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्ने आश्वासन दिएको छ तर पक्राउ गर्छ कि गर्दैन त्यो भने हेर्न बाकी नै छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...