News Portal

मोरङका सुमन कार्की कमेडी च्याम्पियन टप ६ मा पर्न सफल

हिमाली संचार संवाददाता
४१९ पटक

मोरङ – रतुवामाई घर भई एक दशकदेखि राजधानीमा संघर्षरत सुमन कार्की यतिबेला हाँस्य प्रहसनमा ख्याति बटुलि रहेका छन् । मुलुककै पहिलो रियालिटी शो कमेडी च्याम्पियनको टप ६ मा पर्न सफल हुनुपनि सफलताको सिढी उक्लिरहेको एउटा प्रमाण हो । देशको काल र परिस्थितिले जनतामा निरासापन छाइरहेपनि कलाकै माध्यमबाटै उनले भने वाहवाही पाइरहेका छन् । चिन्तित मान्छेलाई पनि हँसाउन सक्ने असाधारण खुबी सुमनमा रहेको उनको प्रस्तुति हेर्ने जो कोहीले महशुस गरेको अवस्था छ ।
ओखल्ढुङ्गामा जन्मिएका सुमन हाँस्य कलाकारिताका हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, मनोज गजुरेल, राजाराम पौडेल, दीपक दीपाश्री, जितु नेपालजस्ता दिग्गज व्यक्तिहरुको सहकार्यसँगै उनीहरुको प्रेरणाले आफ्नो प्रस्तुतिमा थप निखार ल्याउन सफल छन् । हाल कान्तिपुुर टेलिभिजनबाट प्रसारण भैरहेको कमेडी च्याम्पियनमा टप – ६ मा परेपछि उनी उपाधिका प्रवल दाबेदार मानिएका छन् । समसामयिक विषयमा घतलाग्दो प्रस्तुति दिने सुमनले श्रमिक र निमुखाहरुको पक्षमा आफुलाई उभ्याउने गरेका छन् । बसका सहचालकका दुःख, डिउटीमा ट्राफिक प्रहरीले ब्यहोर्नु परेको भुक्तमान जस्ता प्रस्तुतिले दर्शकदीर्घालाई चसक्क छुन्छ नै । अर्को, सोसल मिडियाका विकृतिको मिहिन ढंगले पटाक्षेप गर्ने २७ वर्षीय उनले खासगरी युटुबका नकारात्मक क्रियाक्लाप पनि पस्किने गरेका छन् ।
पत्रकार ऋषि धमलाको क्यारिकेचरमा आफुलाई दुरुस्तै ढाल्न सक्ने खुबी उनको छ । कमेडीयनकै कमेडी उतार्न पनि उनी सिपालु छन् । जस्तो की चर्चित हाँस्य कलाकार विल्सनविक्रम राई तोक्मे बुढाको भुमिकामा पनि उनी फिट छन् । यसबाहेक देश विदेशका चर्चित व्यक्तिका हाउभाउ र बोलीलाई पनि हुवहु बनाउनु उनको अर्को विशेषता हो । हाँस्य शैलीमा हरेक सन्दर्भ सामग्री पस्कने मुलुककै अग्रणी एफएम रेडियो अडियोमा लामो समयदेखि कार्यरत सुमन स्टेज कार्यक्रमहरु मा पनि दमदार प्रस्तुति दिएर उत्तिकै चर्चित छन् ।
देशभरका प्रतियोगीलाई उछिन्दै सुमन कमेडी च्याम्पियनको टप ६ मा पर्न त सफल भए अब उनलाई खाँचो तिनीहरु कै छ जो सुमनको कमेडियन कलाबाट मुग्ध हुन्छन् । सामान्य आर्थिक अवस्थाका यिनै कमेडीयन सुमनलाई स्पर्धाको उपाधि उचाल्न यतिबेला वढीभन्दा वढी भोटको आवस्यक्ता छ । उनले आफूलाई माया गर्ने आमदर्शक स्रोतालाई जतिसक्दो धेरै भोट गरेर बिजेता बनाउन अपिल गरेका छन् । उनलाई भोट गर्न नेपालमा हुनुहुने दर्शकले इ–सेवाको एप डाउनलोड गरेर भोट गर्न सक्नुहुन्छ भने नेपाल बाहिर रहेका दर्शकले कमेडी च्याम्पियनको एप डाउनलोड गरेर फ्री भोट गर्नुसक्नुहुन्छ । उनको भोटिङ कोर्ड नं. २० रहेको छ ।

प्रतिकृया दिनुहोस्

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...