News Portal

प्रधानमन्त्रीलाई प्रदेशसभा डुलेर उपदेश दिन मात्रै होइन काम पनि गर्न सासद गगन थापाको सुझाव 

हिमाली संचार संवाददाता
९७१ पटक

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवम् सासद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा डुलेर उपदेश दिन छाडेर आफूले गर्नुपर्ने काम गर्न आग्रह गरेका छन् ।

मंगलबार संसद बैठकमा उनले गर्नुपर्ने काम नगरी प्रदेशसभा डुलेर भाषण दिने र अन्तर्वार्तामा रोइलो गर्न छाड्न आग्रह गरे ।

‘म प्रधानमन्त्रीलाई आग्रह गर्छु, प्रदेशसभा प्रदेशसभा डुलेर उपदेश दिन छाड्नुस् । अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्नुस् । गर्नुपर्ने काम गर्नुस्’ थापाले भने ‘यति मात्र बुझिदिए पुग्छ । संघीयता असफल, प्रधानमन्त्री सफल बन्नुहुन्न । संघीयताको असफलता प्रधानमन्त्रीको पनि असफलता हुन्छ ।’

प्रधानमन्त्रीको व्यवहारले उनी संघीयता विरोधी देखिएको आरोपसमेत थापाले लगाए । झापाका कम्युनिस्ट नेता खड्गप्रसाद ओलीलाई संघीयताको विरोध गर्ने छुट भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यस्तो छुट नभएको भन्दै अहिले प्रधानमन्त्रीकै कारण संघीयतामाथि नै प्रश्न उठ्ने अवस्था आएको थापाले जिकिर गरे ।

संविधानले परिकल्पना गरेको प्राकृतिक स्रोत र वित्त आयोग अहिलेसम्म नबन्नु यसको उदाहरण भएको थापाले बनाए । आयोगलाई राजनीतिक नेतृत्व नदिई कर विवाद समाधान गर्न कर्मचारीहरुको समिति बनाउनु दुखद भएको उनले बताए । उनले भने, ‘के प्रधानमन्त्रीलाई यो आयोगको महत्व थाहा छ ?’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बने पनि नियमावली नभएको भन्दै उनले नियमावली नहुँदा करमा समस्या देखिएको बताए । ऐन नियमावली बनाउने जिम्मा दिएका मन्त्री कर्मचारीलाई र सचिव सांसदलाई उपदेश दिएर बसेको भन्दै थापाले भने, ‘प्रधानमन्त्रीले एक पटक बोलाएर नियमावली खोई भनेर सोध्नुभएको छ ?

धेरै कर उठाउने र बाँड्नेलाई सफल अर्थमन्त्री मान्ने मानक केन्द्र सरकारले बनाएको भन्दै उनले अब स्थानीय सरकारले के गर्छ भनेर प्रश्न गरेका छन् ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...