News Portal

  • प्रधानमन्त्रीलाई प्रदेशसभा डुलेर उपदेश दिन मात्रै होइन काम पनि गर्न सासद गगन थापाको सुझाव 

    हिमाली संचार संवाददाता
    ८१९ पटक

    काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवम् सासद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा डुलेर उपदेश दिन छाडेर आफूले गर्नुपर्ने काम गर्न आग्रह गरेका छन् ।

    मंगलबार संसद बैठकमा उनले गर्नुपर्ने काम नगरी प्रदेशसभा डुलेर भाषण दिने र अन्तर्वार्तामा रोइलो गर्न छाड्न आग्रह गरे ।

    ‘म प्रधानमन्त्रीलाई आग्रह गर्छु, प्रदेशसभा प्रदेशसभा डुलेर उपदेश दिन छाड्नुस् । अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्नुस् । गर्नुपर्ने काम गर्नुस्’ थापाले भने ‘यति मात्र बुझिदिए पुग्छ । संघीयता असफल, प्रधानमन्त्री सफल बन्नुहुन्न । संघीयताको असफलता प्रधानमन्त्रीको पनि असफलता हुन्छ ।’

    प्रधानमन्त्रीको व्यवहारले उनी संघीयता विरोधी देखिएको आरोपसमेत थापाले लगाए । झापाका कम्युनिस्ट नेता खड्गप्रसाद ओलीलाई संघीयताको विरोध गर्ने छुट भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यस्तो छुट नभएको भन्दै अहिले प्रधानमन्त्रीकै कारण संघीयतामाथि नै प्रश्न उठ्ने अवस्था आएको थापाले जिकिर गरे ।

    संविधानले परिकल्पना गरेको प्राकृतिक स्रोत र वित्त आयोग अहिलेसम्म नबन्नु यसको उदाहरण भएको थापाले बनाए । आयोगलाई राजनीतिक नेतृत्व नदिई कर विवाद समाधान गर्न कर्मचारीहरुको समिति बनाउनु दुखद भएको उनले बताए । उनले भने, ‘के प्रधानमन्त्रीलाई यो आयोगको महत्व थाहा छ ?’

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ बने पनि नियमावली नभएको भन्दै उनले नियमावली नहुँदा करमा समस्या देखिएको बताए । ऐन नियमावली बनाउने जिम्मा दिएका मन्त्री कर्मचारीलाई र सचिव सांसदलाई उपदेश दिएर बसेको भन्दै थापाले भने, ‘प्रधानमन्त्रीले एक पटक बोलाएर नियमावली खोई भनेर सोध्नुभएको छ ?

    धेरै कर उठाउने र बाँड्नेलाई सफल अर्थमन्त्री मान्ने मानक केन्द्र सरकारले बनाएको भन्दै उनले अब स्थानीय सरकारले के गर्छ भनेर प्रश्न गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...