News Portal

हेलिकप्टरले मनपरी भाडा अशुल्न नपाउने

१०६८ पटक

काठमाडौ – वायुसेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीको चार्टर उडानमा भाडा दर तोक्ने भएको छ ।

सरकारको कुनै मापदण्ड नभएका कारण नेपाली हेलिकप्टर कम्पनीहरुले मनलाग्दी भाडा असुल्दै आएका थिए।

प्राधिकरणका महानिर्देशक संजिव गौतमले चाँडै हेलिकप्टरले लिन पाउने न्यूनतमदेखी अधिकतम् चार्टर उडान भाडा तोक्ने बताए। ‘फर्जी उद्धार सम्बन्धि सरकारले गरेको अध्ययनको प्रतिवेदन पायौँ,’ महानिर्देशक गौतमले आइतबार बबरमहलस्थित प्राधिकरणमा आयोजित बजेट सार्वजनिक कार्यक्रममा भने, ‘हामी नियमनकारी निकाय भएकाले यो विषयबारे नियमन गर्नुपर्छ भन्ने महशुश भएको छ।’

भाडादरबारे हेलिकप्टर कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघसँग पनि छलफल गरी तय गरिने महानिर्देशक गौतमले बताए। कार्यदलको प्रतिवेदनले औंल्याएका विषयमा प्राधिकरणले पनि थप छानविन गर्ने जनाएको छ। ‘बिमा दाबी र विमानस्थलको टेक–लग पुस्तिकामा उडान संख्या फरक परे त्यस्ता एयरलाइन्सलाई कारबाही गरिने छ,’ गौतमले भनेको कान्तिपुरदैनिकले समाचार लेखेको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...