News Portal

=== गजल ===

हिमाली संचार संवाददाता
९१४ पटक

पहाड तराईका छुट्टाछुट्टै होली, अचम्म लाग्छ
नेताका भाषण र झुट्टा ती बोली, अचम्म लग्छ

छोराले किन्दछ चस्मा, र आइफोन प्रियालाई
आमाको शरिरमा थोत्रो चोली, अचम्म लाग्छ

कर्मचारी छन् ठेलमठेल, सबै कार्यालयहरुमा
भन्छन् आज हुँदैन आउ भोलि, अचम्म लाग्छ

हुन्न बिकास भौगोलिक परिवेशले, भन्दै देश लुटे
बिजुली निकाल्न देखेनन् खोली, अचम्म लाग्छ

मौलायो देशमा हत्या, हिंसा, तस्करी र भ्रष्टाचार
बिउँझेको छैनन् अनुगमन टोलि, अचम्म लाग्छ।।

~ संगीता पौडेल “स्मृति”
अन्नपूर्ण गाउँपालिका – २ कास्की
हाल : युरोप

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...