News Portal

दार्चुलामा तुइन विस्थापन कहिले हाेला

हिमाली संचार संवाददाता
४८८ पटक

दर्चुला -के पी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए
दार्चुलाको सीमावर्ती व्यासका बासिन्दाले अहिले पनि तुइनबाटै महाकाली वारपार गरिरहेका छन् । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । महाकालीमा भने अझै तुइनकै भर पर्नुपर्छ ।

व्यास गाउँपालिकाको स्याकु, नाजी, डोकट, मड्गाउँ, बत्तीघाट, माल, कल्जुमा अझै तुइन सञ्चालनमा छन्। मालिकाकार्जुन र लेकम गाउँपालिकाका विभिन्न ठाउँमा स्थानीय बासिन्दा ट्युबमार्फत महाकाली तर्छन्। स्थानीयस्तरमा सडकको पहुँच नपुग्दा यहाँका स्थानीय कम समय र सजिलोका लागि तुइन र ट्युबबाट महाकाली वारपार गरी भारतीय बाटो भएर जिल्ला सदरमुकाम आउजाउ गरिरहेका छन्। सीमावर्ती क्षेत्रका स्थानीयको बजार पनि भारतमै छ।

केही वर्षअघिसम्म दार्चुलाका ११ ठाउँमा तुइन तथा ट्युबमार्फत जोखिमपूर्ण तरिकाले महाकाली नदी तर्नुपर्थ्यो। ती ठाउँमा झोलुंगे पुल बनाउन जिल्लाबाट केन्द्रमा प्रस्ताव पठाइएको थियो। तर दुई ठाउँमा मात्रै झोलुंगे पुल बनेका छन्। चार ठाउँमा यो वर्ष निर्माण सुरु गरिएको छ।

भारतीय पक्षले अन्तर्राष्ट्रिय नदीमा धेरै संख्यामा पुल निर्माण गर्न नसकिने भनेपछि सुरुमा दार्चुलाको लाली र तिग्रममा मात्रै झोलुंगे पुल निर्माण गरिएको छ। व्यासका नरसिंह भण्डारीका अनुसार तिग्रममा पुल बनेपछि व्यास ५ र ६ का र लालीमा बनेको पुलले आसपासका बासिन्दा तुइन र ट्युबको भरबाट मुक्त भएको बताए। ‘प्रधानमन्त्री ओलीले दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गर्नुभएको थियो। चार वर्ष बित्दा पनि तुइन हटेका छैनन्,’ व्यास २ मालका हरकसिंह कार्कीले भने।

चालु आर्थिक वर्षमा व्यास गाउँपालिकाको बडुगाउँ, मल्घट्टे र माल तथा मालिकार्जुन गाउँपालिका ६ बाकुमा झोलुंगे पुल निर्माण सुरु भएको छ। ११ ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिए पनि भारतीय पक्षले महाकाली नदीमा एउटै क्षेत्रमा थप पुल बनाउनु सुरक्षाका दृष्टिले नमिल्ने भन्दै रोकेको साविकको जिल्ला प्राविधिक कार्यालयका सहायक इन्जिनियर करनसिंह धामीले बताए। उनले भने, ‘एक/डेढ किलोमिटर क्षेत्रको फरकमा झोलुंगे पुल बनाउँदा सुरक्षा चुनौती हुने भारतीय पक्षको तर्क थियो।’

निर्माणाधीन ठाउँमा पनि सुरुमा भारतले आनाकानी गरेको थियो। पछि उसले अध्ययन गरेर निर्माणका लागि अनुमति दिएको हो। यसअघि जिल्लाभित्रको चौलानी नदीमा ३ र महाकालीमा २ झोलुंगे पुल निर्माण भइसकेको धामीले बताए। ‘गोगने, जारबगड र सितोलीघाटमा तुइन विस्थापन भइसके,’ उनले भने, ‘महाकालीमा बाँकी छन्।’

व्यास गाउँपालिकाले गत वर्षदेखि भारततर्फका बासिन्दासँग सहमति गरेर दुम्लिङ, घाँटीबगरमा आवतजावत गर्न महाकाली नदीमा अस्थायी काठेपुल निर्माण गर्ने गरेको छ। बर्खामा भने बाढीले काठेपुल बगाउँदा स्थानीयलाई नदी तर्न समस्या हुने गरेको व्यास २ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए।

व्यासका बासिन्दा दैनिक ज्यालादारी मजदुरी गर्न भारततिर जान्छन्। ‘तुइनमा दिनहुँ आवतजावत गर्नु जोखिमपूर्ण भए पनि काम नगरे परिवार पाल्न पुग्दैन,’ व्यास सिनाका जयदेवसिंह धामीले भने।

धामी सदरमुकाम तथा बजार जाँदा तुइन चढ्नुको विकल्प नभएको बताउँछन्। प्रत्येक दिन तुइन चुँडिने डरैडरले महाकाली वारपार गर्दै आएको उनले बताए। व्यास ४ सुन्सेराका नवराज भट्ट महिनामा कम्तीमा ४ पटक जोखिम मोलेर तुइनबाटै सदरमुकाम खलंगा आउजाउ गर्छन्। ‘नदीमा खसिने पो हो कि भनेर डर लाग्छ,’ उनले भने, ‘वर्षातका बेला झनै डरलाग्दो हुन्छ।’

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...