News Portal

समुदायमा अदालतकाे भुमिका बिषयमा एकदिने अन्तरक्रिया सम्पन

रबिन्द्र बराल
३६८ पटक

२६ पौष, शनिवार  । माेरङकाे रंगेली नगरपालिका ७ स्थित नगरपालिकाकाे सभाहलमा एकदिने अदालतले दिने सेवाप्रभावारे जानकारी गर्ने उदेश्यले समुदायमा अदालत कार्यक्रमकाे आयोजनामा गरिएको कार्यक्रममा न्यायधिश तिलप्रसाद श्रेष्ठले अदालतप्रति जनताको अपेक्षा र न्यायिकसेवालाई प्रभावकारी वनाउने उद्देश्यले स्थानीय स्तरका कार्यक्रम संचालन गरेको बताएका थिए।

अदालतमा आएका मुद्धाका विषयमा सत्य तथ्य र सहि प्रमाणलाई आधार मानेर निर्णय सुनाउनु पर्ने भएकाले कुनै कुनै मुद्धाको सुनुवाई केही ढिलो हुने गरेको वताएका थिए । उच्च अदालतका न्यायधिश प्रेमराज कार्कीले अहिलेको अदालती प्रक्रिया छिटो छरितो रहेको र सबै पक्षलाई सहज रुपमा आफ्ना काम र कर्तव्यका बारेमा बताएका थिए । 

उच्च अदालत विराटनगरको आयोजनामा आयोजित उक्त कार्यक्रम  रंगेली नगरपालिकाका प्रमुख दिलिप वगडिया, कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी ,बडाअध्यक्ष रामचन्द्र मंन्डल, महेश खनाल, विभिन्न संधस्थाका प्रतिनिधि लागायतकाे सहभागितामा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरुले अदालतमा भोग्नु परेको समस्या र गाउँधरमा भईरहेकाे    अदालतको सेवाप्रवाहको बारेमा स्थानीय स्तरका सेवाग्रहीहरु जानकार नहुदा अदालती प्रक्रिया झंझटिलो हुने गरको गुनासो राखेका थिए ।

समुदायमा अदालत कार्यक्रमले सर्वसाधारणलाई अदालतको सेवाप्रभाव बारेमा जानकारी लिन थप सहज भएको सहभागीहरुले बताएको थिए। सहभागीहरुले अदालतप्रतिको सेवाप्रवाह र समस्याको बारेमा  गुनासोहरु राखेका थिए ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...