News Portal

प्याब्सनद्धारा विद्यार्थिलाई न्यानो कपडा वितरण

हिमाली संचार संवाददाता
३९९ पटक

प्रेमप्रसाद भटराई –पथरी  प्याब्सन पथरीशनिश्चरे नगरकमिटिले पथरीशनिश्चरे वडा नं ५ स्थित जनता आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री बितरण गरेको छ ।
२९ औँ प्याव्सन डे को अवसरमा विहिबार नगरकमिटिले सो सामग्री वितरण गरेको हो । सो विद्यालयमा अध्ययनरत ३० विद्यार्थीमध्ये विहिबार उपस्थित रहेका २५ जना विद्यार्थीलाई स्विटर, कापि कलम तथा अन्य सामग्री वितरण गरेको हो । प्याप्सनले हरेक पुस २४ गते वार्षिकोत्सवको रुपमा प्याव्सन डे मनाउने गरेको छ ।

वार्षिकोत्सको अवसरमा हरेक वर्ष सामाजिक कार्य गर्दै आएको प्याव्सन पथरीशनिश्चरे नगरकमिटिका अध्यक्ष उपेन्द्र कँडेलले जानकारी दिए । कार्यक्रममा पथरीशनिश्चरे वडा नं ५ का वडाध्यक्ष जोगबहादुर धिमाल, पथरीशनिश्चरे नगरपालिकाका उप सचिव तथा शिखा शाखाका प्रमुख शालिगराम काफ्ले, प्याब्सन मोरङका सल्लाहकार टिका प्रसाद दंगालको उपस्थिती रहेको थियो । विद्यालयका प्र.अ बलबहादुर धिमालले आफ्नो विद्यालयका विद्यार्थीलाई शिक्षाप्रति आकर्षित गर्न थप सहयोग गरेकोमा धन्यबाद ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...