News Portal

प्याब्सनद्धारा विद्यार्थिलाई न्यानो कपडा वितरण

हिमाली संचार संवाददाता
४१९ पटक

प्रेमप्रसाद भटराई –पथरी  प्याब्सन पथरीशनिश्चरे नगरकमिटिले पथरीशनिश्चरे वडा नं ५ स्थित जनता आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री बितरण गरेको छ ।
२९ औँ प्याव्सन डे को अवसरमा विहिबार नगरकमिटिले सो सामग्री वितरण गरेको हो । सो विद्यालयमा अध्ययनरत ३० विद्यार्थीमध्ये विहिबार उपस्थित रहेका २५ जना विद्यार्थीलाई स्विटर, कापि कलम तथा अन्य सामग्री वितरण गरेको हो । प्याप्सनले हरेक पुस २४ गते वार्षिकोत्सवको रुपमा प्याव्सन डे मनाउने गरेको छ ।

वार्षिकोत्सको अवसरमा हरेक वर्ष सामाजिक कार्य गर्दै आएको प्याव्सन पथरीशनिश्चरे नगरकमिटिका अध्यक्ष उपेन्द्र कँडेलले जानकारी दिए । कार्यक्रममा पथरीशनिश्चरे वडा नं ५ का वडाध्यक्ष जोगबहादुर धिमाल, पथरीशनिश्चरे नगरपालिकाका उप सचिव तथा शिखा शाखाका प्रमुख शालिगराम काफ्ले, प्याब्सन मोरङका सल्लाहकार टिका प्रसाद दंगालको उपस्थिती रहेको थियो । विद्यालयका प्र.अ बलबहादुर धिमालले आफ्नो विद्यालयका विद्यार्थीलाई शिक्षाप्रति आकर्षित गर्न थप सहयोग गरेकोमा धन्यबाद ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...