News Portal

सुन्तलाका ११ फाइदाहरु

हिमाली संचार संवाददाता
५९२ पटक

सुन्तला मिठो फल मात्र नभई यसले हम्रो शरीरलाई फाइदा गर्छ कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादका लागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक रहेको छ ।

सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ ।

१. क्यान्सरको जोखिम घटाउँछ

सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ । सुन्तलामा पाइने प्रसस्त फाइबरले पनि कोलोन क्यान्सर हुन नदिन मद्दत गर्छ ।

२. मिर्गाैला स्वस्थ राख्छ

सुन्तला खाइरहने गर्नले मिर्गाैलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।

३. कलेजो जोगाउँछ

सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

४. कोलेस्टरोल घटाउँछ

सुन्तलामा पाइने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउन मद्दत गर्ने विभिन्न अनुसन्धानले देखाएको छ । तसर्थ, उच्च कोलेस्टेरोल भएका बिरामीले सुन्तला खानु फाइदाजनक मानिन्छ ।

५. मुटु बलियो बनाउँछ

सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पुर्याउछन् । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । जुन सुन्तला खानाले रोकिन्छ ।

६. भाइरल इन्फेक्सन हटाउँछ

सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

७. कब्जियत खुलाउँछ

कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

८. आँखा तेजिलो बनाउँछ

सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैन ।

९. रक्तचाप नियन्त्रण गर्छ

सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

१०. छालाको सुरक्षा गर्छ

सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ । सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालालाई सुन्दर राख्न मद्दत गर्छ ।

११. रोग प्रतिरोधात्मक क्षमता

सुन्तलामा प्रसस्त मात्रामा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । तसर्थ जाडोको समयमा सुन्तला खाँदा चिसो लाग्छ भनेर सुन्तला खान आनाकानी गर्नु भन्दा रुघाखोकीबाट बच्न र हुन नदिन आफ्नो आहारामा सुन्तला समावेश गर्नु राम्रो हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...