News Portal

८१ बर्षीय वृद्धको मनै रुवाउने कहानी (भिडियोसहित)

हिमाली संचार संवाददाता
४२७ पटक

मोरङ – मोरङको मिक्लाजुङ गाउँपालिक वडा नं. ९ निवासी ५२ बर्षीय तिलक बहादुर कार्की फलामे साङ्लोमा बाधीएको बषौं भयो ।

बेला बेला होसका बेला बेला बेहोसका कुरा गर्ने मनोरोगी तिलकबहादुरलाई बचाएरै राख्नका लागि फलामे साङ्लीले बाँधेर चाबी लगाई राख्नु पर्ने बाध्यता रहेको तिलकका बुबा दलबहादुर कार्कीले बताए ।

बाँधेर नराखे घर छोडेर हिढने र घरै नफर्कीने भएपछी फलामे साङ्लीले बाध्न बाध्य भएको दलबहादुर बताउँछन । सामान्य कपडा वा डोरीले बाँधे फुकालेर भग्ने गरेको र बाहिर कशैले कुट पिट गर्लान, गाडीले किचेर मार्ला वा कुनै सम्भाव्य दुर्घटना हुन सक्ने डरले बचाउँन र छोरालाई जोगउनकै लागी मन भारी बनाउँदै फलामे साङ्लीले बाँधेर चाबी लगाई राख्नु परेको दुखेसो सुनाए तिलकका ८१ बषीय वृद्ध बुबा दलबहादुर कार्कीले ।

अहिले पनी तिलकलाई कहिले काही छोप्वा बिराम (मृगी)ले सताउँछ । मृगीले भेटेको बेला दुई चार दिन सम्म खान पिना बिना नै त्यतीकै लडिरहन्छन । घरको अवस्था पनी दयनयि छ । बाँसका खाँबा खुट्टी र टिनलाई बासले च्यापेर बनाएको घर छ ।

बर्खामा परेको पानि घर भित्रै खस्छ । तिलकलाई राख्न छुट्टै कटेरो बनाइएको छ उनी त्यहिं भुइमै बस्छन खान्छन र फलामे साङलीमा बाधीएर सुत्छन । जेठो छोरा तिलक बहादुर लाई ०३४ सालमा मृगीले भेट्यो त्यस पछी पटक पटक धामी लगाएर अलि जाती भएको थियो । तर ०३७ सालमा धामीको पनी मृत्यु भयो त्यस पछी हेलपोष्टको दबाई खुवाएर अलिअलि निको भए पनी पुर्ण निको नभएको दलबहादुरले सुनाए । २०७२ साल देखी घर छोडेर हिँडेको तीनमहिना लगाएर खोजीगरी भेटाएपछी पनी नबाँधी राख्न कोशीस गरें तर बाहिर बाहिर हिँडने र जंगलमै बस्ने घर नफकर्ने भएपछी छोरालाई बाँधेर फलामे साङलीमा चाबी लगाउनु बहेकको बिकल्प नभएको बुबा दलबहादुर काकी बताउँछन ।

दलबहादुरको माइलो छोरा पनी रोगी भएको र कान्छो छोरा गोपाल अपाङ्ग छन । कान्छो छोरा गोपालले अपाङग भए पनी मावा नुनसरी समुदायिक वनले वनमा चौकीदारीको काम दिएको र त्यहीँ बाट आउने थोरै रकमले उनिहरुको घरको बिहान बेलुकाको गर्जो टर्ने गरेको छ ।
राम्रो अस्पताल लगेर औषधी उपचार गर्न आफु संग आर्थिक अवस्था कमजोर भएको दलबहादुरले बताए ।
कुनै मनकारी दाता, अस्पताल वा संघ संस्थाले छोराको उपचारमा सहयोग गरिदिए आफुलाई ठुलो क्लायाण हुने कार्की बताउँछन । मनोरोगी तिलक बहादुर बेला बेला होसका कुरा गर्छन । केहीबेला उपचार डाक्टर भन्छन त कोही बेल धामी भन्दै आफै बरबराउँछन । दलबहादुरले गह भरी आँसु पार्दै भने छोरा त ७ भाई जन्मीएका थिए ।
तिन भाई मात्र बाँचे बाँचेकाको नि यो अवस्था छ अब म डाँडा पारि जुन भइ सकेको बुढाले के नै गर्न सक्छु र ।

https://m.youtube.com/watch?v=PBD3HoK3iHw&t=196s

 

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...