News Portal

१२२ चिनियाँ नागरिक एक हजार धरौटी बुझाएर छुटे

हिमाली संचार संवाददाता
३९१ पटक

काठमाडौँ – नेपालमा बसेर अवैध गतिविधि गरेको आरोपमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिक एक हजार धरौटीमा रिहा भएका छन् । नेपाल प्रहरीले चीनसँग समन्वय गरेर गत ७ पुसमा उनीहरुलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार जरिवाना तिराएर उनीहरुलाई छाड्न आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । अभद्र व्यवहारसम्बन्धी कसूरमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौँ प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले बुढानिलकण्ठ, नेपालटारलगायत क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...