News Portal

  • अस्ट्रेलियाकाे डढेलोमा ५० करोड जनावरकाे मृत्यु

    हिमाली संचार संवाददाता
    ५२३ पटक

    अस्ट्रेलियाकाे जंगलमा लागेको डढेलो निकै खतरनाक स्तरमा पुगिसकेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । यहाँ करिब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ ।

    चार महिनापछि पनि अस्ट्रेलियाकाे जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले अहिलेसम्म ५० करोड जनावर डढेको जानकारी दिएको छ । यसमा स्तनधारी पशुपंक्षीका साथै घस्रने जनावर पनि समावेश छन् ।

    यस्तै एक नयाँ जानकारी सार्वजनिक भएको छ । न्यू साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएम) ले जंगलको डढेलोका कारण नावरा नजिकैको उत्तरी किनारमा आफ्नै मौसम प्रणाली विकसित भएको बताएको । यसलाई आरएफएसले  निकै नै खतरनाक स्थिती बताएको छ ।

    यो डढेलो अस्ट्रेलियाकाे भिक्टोरिया र न्यू साउथ वेल्सको तटीय इलाकामा सबैभन्दा धेरै फैलिएको छ । आगलागीका कारण हावा र विषालु धुँवाका कारण पूर्वी तटमा रहेको इलाकामा जीवनयापन निकै मुश्किल भएको छ । मानिसहरु घर छोडेर भागिरहेका छन् । मृतकको संख्या लगातार बढिरहेको छ । अष्ट्रेलिया सरकारले थुप्रै इलाकामा संकटकालको घोषणा गरेको छ ।

    भिक्टोरियाको स्थिती थप भयानक छ । शनिबार तीब्र गतिको हावाका कारण आगो थप फैलिएको छ । बढ्दो तापक्रमका कारण अग्नी नियन्त्रणमा खटेका समूहले  ठूलो समस्या व्यवहोर्नुपरेको छ । थुप्रै स्थानमा तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुगेको छ ।

    मौसम विभागका अनुसार हावाले थप आगो फैलाइरहेको छ । यसबाट आउने धुँवाले उद्दारकार्यमा बाधा पुर्याइरहेको छ । आगोका कारण हज्जारौं मानिसहरु घर शहर छोडेर शरणार्थीको रुपमा बस्न बाध्य छन् ।

    न्यू साउथ वेल्सको मध्य–उत्तरी इलाकामा सबैभन्दा धेरै जनावरको बसोबास छ । तर जंगलमा लागेको आगोका कारण उनीहरुको जनसंख्यामा भारी गिरावट आएको छ ।

    आगोले २ सय बढी घरमा पनि क्षती पुगेको छ । थुप्रै मानिसहरु अहिले पनि आगोबाट प्रभावित क्षेत्रमा बसिरहेका छन् । उक्त डढेलोले अहिलेसम्म १८ जनाको ज्यान लिइसकिएको बताइएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...

    आज २०८२ साल कार्तिक १४ गतेको राशिफल

    आज कार्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...