News Portal

प्रहरीद्वारा छाउगोठ भत्काइयो

हिमाली संचार संवाददाता
३९३ पटक

कालिकोट – छाउपडी प्रथा अन्त्य गर्न विभिन्न सङ्घसंस्था लागिपरे पनि कालिकोटको नरहरिनाथ गाउँपालिकामा छाउपडी प्रथा न्यूनीकरण गर्न नसकिएको रहश्य बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले छाउगोठ भत्काउँदै आएको छ ।

बिहीबारदेखि छाउगोठ भत्काउने अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

उनका अनुसार महिला रजस्वला हुँदा बेला–बेला प्रयोगमा आउने गोठ स्थानीय तहका जनप्रतिनिधि, भद्रभलाद्मी, स्थानीयवासीलगायतको उपस्थिति र सक्रियतामा भत्काइएको जनाउँदै महिलामाथि हुने विभिन्न किसिमका दुव्र्यवहार र हिंसाजन्य घटनाबाट बचाउन र महिलाको स्वास्थ्य तथा शारिरीक अवस्थालाई मध्यनजर गर्दैै छाउगोठ भत्काएको बताए ।

बिहीबारदेखि शुरु गरिएको अभियानमा १५ छाउगोठ भत्काएको छ । छाउगोठ भत्काउँदा छाउगोठमा बस्दै आएका महिला धेरै हर्षित भएका छन् ।

नरहरिनाथ गाउँपालिका–३ का चन्द्रा सुनारले भने, पहिला छाउगोठमा बस्दा धेरै रोगहरुले सङ्क्रमण गरे, आफ्नो स्वास्थ्य कमजोर हुँदै गयो । तर अहिले छाउगोठ नै भत्काएपछि हामीलाई  छाउगोठ प्यारो लाग्न छाडेको छ । छाउगोड भत्किनु भनेको हामीले नयाँ जिन्दगी पाउनु हो ।

यस्तै नरहरिनाथ गाउँपालिकाका धुवा बुढाले छाउ हुनुभन्दा पहिल्यै छाउगोठ कुरेर बस्ने दिन गए, अब सरसफाइ गरेर घरमै बस्ने हो, पोषिला खानेकुरा खाने बताउँदै छाउगोठ भत्किँदा हर्षित भएको जनाए ।

नरहरिनाथ गाउँपालिकाभित्र बसोबास गर्ने तीन हजार ९१० घरधुरी नै छाउगोठमुक्त भइसकेका छन् । गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले भने, “सिङ्गो गाउँपालिकाभित्र रहेका छाउगोठ अन्त्य गर्ने र महिला रजस्वला हुँदा स्वास्थ्यमा हेरचाह गर्नेजस्ता कार्यक्रम पालिकाले निरन्तर ल्याइरहने बताउनुभएको छ ।

अध्यक्ष विष्टले १५ मात्र छाउगोठ होइनन्, यस पालिकाभित्र लुकेर रहेका अन्य छाउगोठ खोजी खोजी नष्ट गर्ने जनाए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...