News Portal

बाजा गाजा सहित पर्यटकलाई स्वागत गरिएको

हिमाली संचार संवाददाता
४०९ पटक

काठमाडौँ – महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२०को पहिलो दिन बुधबार (आज) वसन्तपुर घुम्न आउने पर्यटकलाई बाजागाजा र उपहारसहित स्वागत गरेको छ ।

सामान्यरूपमा वसन्तपुर घुम्न पुगेका पर्यटक एक्कासि बाजागाजासहित स्वागत र उपहार पाउँदा  छक्कै भए । घुम्न  आउने पहिलो पर्यटक ब्राजिलका गुस्तव बाटो थिए । उनलाई जुद्ध शालिकतर्फ (काउन्टर १) मा वडा २३ का अध्यक्ष मचाराजा महर्जनले स्वागत गरेका थिए ।
स्वागत पाउन थालेपछि केही पर्यटक कानेखुशी गर्न थाले भने केही सेल्फी र तस्वीर कैद गर्न व्यस्त देखिए ।

भ्रमण वर्षको शुभारम्भको दिन आज काउन्टर तीन मरुतर्फबाट वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरले, काउन्टर ४ प्याफलतर्फ वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठले र काउन्टर ५ इन्द्रचोकतर्फबाट वसन्तपुर आउने पर्यटकलाई वडा २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत गरे ।

अप्रत्याशित स्वागत पाउँदा पर्यटक फोटो खिच्न र भिडियो बनाउन व्यस्त देखिएका थिए । हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यका अनुसार भ्रमण वर्षको पहिलो दिन आज सार्क राष्ट्रबाट ३८ जना र अन्य देशबाट २७२ जना पर्यटकले वसन्तपुरको भ्रमण गरेका छन् । उनीहरुबाट रु तीन लाख ८५ हजार ७०० राजश्व सङ्कलन भएको जनाइएको छ ।

आज साँझ सङ्घीय राजधानी काठमाडौँस्थित दशरथ रङ्गशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको शुभारम्भ गरे भने सोही समयमा सातवटै प्रदेश सरकारले विभिन्न पर्यटकीय क्षेत्रबाट भ्रमण वर्षको शुभारम्भ गरेको छ ।

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । सरकराले आगामी दशकलाई पर्यटन दशकको रुपमा मनाउने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...