News Portal

बाजा गाजा सहित पर्यटकलाई स्वागत गरिएको

हिमाली संचार संवाददाता
४५१ पटक

काठमाडौँ – महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२०को पहिलो दिन बुधबार (आज) वसन्तपुर घुम्न आउने पर्यटकलाई बाजागाजा र उपहारसहित स्वागत गरेको छ ।

सामान्यरूपमा वसन्तपुर घुम्न पुगेका पर्यटक एक्कासि बाजागाजासहित स्वागत र उपहार पाउँदा  छक्कै भए । घुम्न  आउने पहिलो पर्यटक ब्राजिलका गुस्तव बाटो थिए । उनलाई जुद्ध शालिकतर्फ (काउन्टर १) मा वडा २३ का अध्यक्ष मचाराजा महर्जनले स्वागत गरेका थिए ।
स्वागत पाउन थालेपछि केही पर्यटक कानेखुशी गर्न थाले भने केही सेल्फी र तस्वीर कैद गर्न व्यस्त देखिए ।

भ्रमण वर्षको शुभारम्भको दिन आज काउन्टर तीन मरुतर्फबाट वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरले, काउन्टर ४ प्याफलतर्फ वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठले र काउन्टर ५ इन्द्रचोकतर्फबाट वसन्तपुर आउने पर्यटकलाई वडा २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत गरे ।

अप्रत्याशित स्वागत पाउँदा पर्यटक फोटो खिच्न र भिडियो बनाउन व्यस्त देखिएका थिए । हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यका अनुसार भ्रमण वर्षको पहिलो दिन आज सार्क राष्ट्रबाट ३८ जना र अन्य देशबाट २७२ जना पर्यटकले वसन्तपुरको भ्रमण गरेका छन् । उनीहरुबाट रु तीन लाख ८५ हजार ७०० राजश्व सङ्कलन भएको जनाइएको छ ।

आज साँझ सङ्घीय राजधानी काठमाडौँस्थित दशरथ रङ्गशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको शुभारम्भ गरे भने सोही समयमा सातवटै प्रदेश सरकारले विभिन्न पर्यटकीय क्षेत्रबाट भ्रमण वर्षको शुभारम्भ गरेको छ ।

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । सरकराले आगामी दशकलाई पर्यटन दशकको रुपमा मनाउने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...