News Portal

एक रुपैयाँमा पर्यटकलाई गास-बासको ब्याबस्था

हिमाली संचार संवाददाता
३७८ पटक

इलाम । नेपाल भ्रमण वर्षको पहिलो दिन इलाम होटल एशोसिएशनले एक रुपैयाँमा विदेशी पर्यटकलाई एक रात बास, विहान-वेलुकागरी दुई छाक खाना ब्याबस्था गरेको छ। इलाम होटल एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा विदेशी पर्यटकलाई नेपाल भ्रमण बर्षको पहिलो दिन यस्तो प्रबन्ध गरेका हुन् ।

सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो विदेशी पर्यटकलाई एक रुपैयाँमा बास बसाउनुका साथै सोही रकममा दुई छाक खानाको व्यवस्था गरिएको हो । विदेशी पर्यटकले आफ्नो देश फर्किएपछि नेपाल भ्रमण वर्ष सन् २०२० को राम्रो प्रचार- प्रसार गरुन् भन्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरेको होटल व्यवसायी संध इलामका अध्यक्ष देवी पौडेलले बताए ।

इलामले भ्रमण वर्षलाई लक्षित गरी अघि सारेको योजनाअनुसार इलामको चियाबारी कटेजसहित ग्रिन भ्यू होटल, समिट होटल, हाम्रो पोख्रेली होटल र ग्रिनसिटी गेष्ट हाउसमा पाँच जना पर्यटकलाई भाग्यमानी पर्यटक घोषित गर्दै सो सुविधाको साथमा सम्मान सहित प्रमाणपत्र वितरण गरी इलामको पर्यटन सद्भावदूतका रुपमा घोषणा हुदा विदेशी पर्यटकले समेत आश्चर्यमा पर्दै इलामसहित नेपालको प्रचार गर्ने बताएका थिए। 

त्यस्तै भ्रमण वर्षलाई सफल बनाउन इलामबाट काठमाडौँ चल्ने सुभेक्षा ट्राभल्सले आजदेखि सात दिनसम्म काठमाडौँबाट इलाम भित्रिने एकजना पर्यटकलाई निःशुल्क इलाम ल्याउने घोषणा गरेको छ । नेपाल भ्रमण वर्ष शुरु भएको पहिलो दिन सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी पर्यटन बर्ष उद्घाटन भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...