News Portal

भ्रमण वर्षको शुभारम्भमा चिनियाँ राजदूतको फोटोसुट

हिमाली संचार संवाददाता
४६० पटक

काठमाण्डौ। नेपालका लागि चिनियाँ राजदूत होउ याङीलाई पनि नेपाल भ्रमण वर्षको रौनकले छोएको छ। राजदूत होउले काठमाडौंका विभिन्न पुरातात्विक महत्वका सम्पदा, मन्दिरहरुमा पुगेर फोटोसेसन गरी ट्विटरमा पोष्ट गरेकी छन्। रातो पहिरनमा उनी निकै खुलेकी छिन् । तस्वीरका साथमा राजदूत होउले नेपाल भ्रमण वर्षको शुभकामना दिँदै नेपाललाई घुम्नै पर्ने गन्तव्यको रुपमा चित्रण गरेकी छन् । 

नेपाल सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ विधिवत रुपमा आज रातको १२ बजे प्रश्चात शुभारम्भ हुदै छ, मुलुकको समग्र पर्यटन क्षेत्रमा नयाँ उत्साह र रौनकता पनि थपिँदै गएको छ। भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रका पर्यटन व्यवसायी मात्र हैन देश विदेशमा संगठित तमाम संस्थाले यो अभियानलाई उत्सवकैरुपमा लिएर आफ्ना गतिविधि अघि बढाएको देखिन्छ।

कतिपय संस्थाले स्वतःस्फूर्त भ्रमण वर्षको प्रवर्द्धनमा जुटिरहेका छन्। नेपाली समुदायका विभिन्न संधसंस्था, सरकारी तथा सार्वजनिक निकायको समन्वय, सहकार्य तथा साझेदारितामा पर्यटन प्रवर्द्धनका काम भइरहेको छ।

आज १२ बजे पछि सन् २०२० जनवरी १ तारिखका सुरु हुदैछ भने  (पुस १६ गते) काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

विभिन्न राजनीतिक दलका नेता, व्यावसायिक तथा पेशागत सङ्घ सङ्गठनका प्रतिनिधि, नागरिक समाजलगायतको सहभागिता रहनेछ। सोही दिन सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन्। त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपाली संघ मार्फत उद्घाटन गरिने पर्यटन मन्त्रालयले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...