News Portal

बलत्कार पश्चात हत्या गरीएको निर्मलाको परीवारलाई सुदुरपश्चिमेली समाज मकाउद्वारा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
१२९९ पटक

कर्ण अधिकारी – भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलत्कार पश्चात हत्या गरीएको खबरले सारा नेपाली जनता मर्माहित भएका छन। रहर लाग्दो कलिलो उमेरमा यौन पिपासुहरूले उनको ईहलिला नै समाप्त गरी दिए।

यस घटना प्रति खेद प्रकट गर्दै बलत्कार गर्नेलाई चाडै नै कानुनी दायरामा ल्याएर सरकारले कडा भन्दा कडा सजाय दिलाई पीडित परीवार र मृत आत्मालाई न्याय दियोस भन्दै सुदुरपश्चिमेली समाज मकाउले मृत आत्माको चीर शान्तिको कामना गर्दै मृतकका परीवारलाई नेपाली रूपैया २२ हजार सहयोग गरेको छ।

उक्त रकम सुदुरपश्चिमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्तले आफ्ना कार्य समितिका सदस्यहरूबाट संकलन गरी बेदकोट नगरप्रमुख अशोक कुमार चन्दको हातबाट उहाँको परीवारलाई हस्तान्तरण गरीएको छ। पश्चिमेली समाज मकाउले बिगतका दिनहरू देखि नै सामाजिक कार्यमा यसरी नै सहयोग र सदभाव राख्दै आएको छ। आउँदा दिनहरूमा पनि यसरी नै सहयोग गर्ने कुराको प्रतिबद्धता जाहेर गर्छन समाजका अध्यक्ष पदम पन्त। पन्त महेन्द्र नगर निवासी हुन।

 

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...