News Portal

  • बलत्कार पश्चात हत्या गरीएको निर्मलाको परीवारलाई सुदुरपश्चिमेली समाज मकाउद्वारा आर्थिक सहयोग

    हिमाली संचार संवाददाता
    ११८७ पटक

    कर्ण अधिकारी – भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलत्कार पश्चात हत्या गरीएको खबरले सारा नेपाली जनता मर्माहित भएका छन। रहर लाग्दो कलिलो उमेरमा यौन पिपासुहरूले उनको ईहलिला नै समाप्त गरी दिए।

    यस घटना प्रति खेद प्रकट गर्दै बलत्कार गर्नेलाई चाडै नै कानुनी दायरामा ल्याएर सरकारले कडा भन्दा कडा सजाय दिलाई पीडित परीवार र मृत आत्मालाई न्याय दियोस भन्दै सुदुरपश्चिमेली समाज मकाउले मृत आत्माको चीर शान्तिको कामना गर्दै मृतकका परीवारलाई नेपाली रूपैया २२ हजार सहयोग गरेको छ।

    उक्त रकम सुदुरपश्चिमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्तले आफ्ना कार्य समितिका सदस्यहरूबाट संकलन गरी बेदकोट नगरप्रमुख अशोक कुमार चन्दको हातबाट उहाँको परीवारलाई हस्तान्तरण गरीएको छ। पश्चिमेली समाज मकाउले बिगतका दिनहरू देखि नै सामाजिक कार्यमा यसरी नै सहयोग र सदभाव राख्दै आएको छ। आउँदा दिनहरूमा पनि यसरी नै सहयोग गर्ने कुराको प्रतिबद्धता जाहेर गर्छन समाजका अध्यक्ष पदम पन्त। पन्त महेन्द्र नगर निवासी हुन।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इजरायलमा विपिन जोशीको अवस्था अझै अज्ञात

    काठमाडौं, २६ असोज – इजरायलमा रहेका नेपाली नागरिक विपिन जोशीको हालको अवस्था अझै स्पष्ट छैन।...

    महेश बस्नेतले महावीर पुनको जेनजी सन्देशको समर्थन गरे

    काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी...

    नेपाल राष्ट्र बैंकले एटीएम निकासी सीमा घटायो

    काठमाडौँ, असोज २६ — नेपाल राष्ट्र बैंकले एटीएममार्फत नगद निकाल्न सकिने रकमको सीमा घटाउने निर्णय...

    आज २०८२ साल असोज २६ गतेको राशिफल

    आज असोज २६, २०८२ (अक्टोबर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    आज २०८२ साल असोज २५ गतेको राशिफल

    आज असोज २५, २०८२ (अक्टोबर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...