News Portal

आइजोन इन्टरनेटले नेट टिभीको सेवा सुरु

हिमाली संचार संवाददाता
३७५ पटक

उर्लाबारी -इन्टरनेट प्रदायक संस्था आइजोन प्रा.लि.ले इन्टरनेटसँगै नेट टिभीको सेवा सुरु गरेको छ ।
सूचना प्रविधिमा सर्वसाधारणको आकर्षण बढ्दै गएकोले सबैको पहूँचमा इन्टरनेटसँगै नेट टिभी पुर्याउने उद्देश्यले सेवा विस्तार गरिरहेको प्रा.लि.का प्रबन्ध निर्देशक नविन श्रेष्ठले बताए । इन्टरनेट सेवाको पहुँच सहज, विश्वासनीय र मितव्ययिता अपनाउने उद्देश्यले सहुलियत शुल्कमा इन्टरनेट वितरण गरिरहेको प्रबन्ध निर्देशक श्रेष्ठले बताए । बार्षिक १ हजार ८ सयमा नेट टिभी प्रदान गर्दै आएको उनको भनाई छ ।
२०७२ सालमा स्थापित सो प्रालिको उर्लाबारी–५ मा केन्द्रीय कार्यालय रहेको छ भने इटहरीमा क्षेत्रीय कार्यालय, इनरुवा, विराटचोक, पथरी, दमक, विर्तामोड, मधुमल्लालगायतमा शाखा कार्यालयहरु रहेको मेनेजर समशेर आलमले बताए । २०, ४० र ६० एमबीपीएस इन्टरनेट क्षमता रहेको सो प्रा.लि.ले एमपिएलस प्रणाली समेत जडान गरेको छ । यसले इन्टरनेट सेवाको गति नियमित र सुरक्षित गर्ने जनाइएको छ ।
करिब १५ करोड रूपैयाँको लगानीमा सञ्चालित कम्पनीले ५ सय किलोमिटर अप्टिकल फाइवरमार्फत उच्च गुणस्तरको इन्टरनेट प्रदान गरिरहेको निर्देशक श्रेष्ठले बताए । आइजोन प्रा.लि.ले ८० भन्दा बढीलाई रोजगारीसमेत दिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...