News Portal

भोजपुरका ब्रेन ट्युमर पीडित सन्तोष राईको सहयोगका लागि अपिल

हिमाली संचार संवाददाता
६३० पटक

भोजपुर : टेम्के मैयुङ गाउँपालिका-४ दिल्पा नागी भोजपुरका ४४ बर्षिय सन्तोष कुमार राई ब्रेन ट्युमर भएर गत जेष्ठ महिनामा अपरेसन गरिएको थियो। उनको ट्युमर पुनः बल्झिएपछी विगत एक महिनादेखी काठमाडौ मेडिकल कलेजमा आइ सि युमा उपचाररत छन।

मध्यम परिवारका सन्तोषले उनका पहिलो उपचारका क्रममा आफ्नो आर्थिक क्षमता भन्दा धेरै खर्चिसकेका थिए। पुनः उपचार गराउँदा लगभग १५ लाख लाग्ने उनका उपचारमा संलग्न डाक्टरले बताएपछी उनको परिवारमा बज्रपात परेको छ।

पहिले नै उनका उपचारमा १२/१३ लाख खर्चिनुपर्दा ऋणमा छन उमिहरु। पुनः उपचार गराउन त्यति ठूलो रकम लाग्ने डाक्टरको सल्लाह सुन्दा त्रसित छन उनकि श्रीमती अनुकला राइ।

त्यसैले उनले आफुसंग भएको एउटै मात्र बिकल्प रोज्न बाध्य भइन देश विदेशमा रहेका नेपाली संघ संस्था तथा दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपिल गर्ने। त्यसै अनुरुप उनले मानवताको नाताले देश विदेशमा रहेका संघ संस्था तथा नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उनका श्रीमान सन्तोष कुमार राइको उपचारमा आर्थिक सहयोग गरि बचाउनको लागि अपिल गरेकी छन।

बिरामी सन्तोष कुमार राई काठमाडौ मेडिकल कलेज (KMC) मा बिगत १ महिना देखि अचेत अवस्थामा उपचाररत छन। सहयोग गर्न चहानुहुने इच्छुक दाजुभाई दिदिबहिनिहरुले बिरामिकी श्रीमती अनुकला राईलाई ००९७७९८१०२१७७५० मा सम्पर्क गर्न सक्नुहुनेछ।

प्रतिकृया दिनुहोस्

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...