News Portal

भोजपुरका ब्रेन ट्युमर पीडित सन्तोष राईको सहयोगका लागि अपिल

हिमाली संचार संवाददाता
५९३ पटक

भोजपुर : टेम्के मैयुङ गाउँपालिका-४ दिल्पा नागी भोजपुरका ४४ बर्षिय सन्तोष कुमार राई ब्रेन ट्युमर भएर गत जेष्ठ महिनामा अपरेसन गरिएको थियो। उनको ट्युमर पुनः बल्झिएपछी विगत एक महिनादेखी काठमाडौ मेडिकल कलेजमा आइ सि युमा उपचाररत छन।

मध्यम परिवारका सन्तोषले उनका पहिलो उपचारका क्रममा आफ्नो आर्थिक क्षमता भन्दा धेरै खर्चिसकेका थिए। पुनः उपचार गराउँदा लगभग १५ लाख लाग्ने उनका उपचारमा संलग्न डाक्टरले बताएपछी उनको परिवारमा बज्रपात परेको छ।

पहिले नै उनका उपचारमा १२/१३ लाख खर्चिनुपर्दा ऋणमा छन उमिहरु। पुनः उपचार गराउन त्यति ठूलो रकम लाग्ने डाक्टरको सल्लाह सुन्दा त्रसित छन उनकि श्रीमती अनुकला राइ।

त्यसैले उनले आफुसंग भएको एउटै मात्र बिकल्प रोज्न बाध्य भइन देश विदेशमा रहेका नेपाली संघ संस्था तथा दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपिल गर्ने। त्यसै अनुरुप उनले मानवताको नाताले देश विदेशमा रहेका संघ संस्था तथा नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उनका श्रीमान सन्तोष कुमार राइको उपचारमा आर्थिक सहयोग गरि बचाउनको लागि अपिल गरेकी छन।

बिरामी सन्तोष कुमार राई काठमाडौ मेडिकल कलेज (KMC) मा बिगत १ महिना देखि अचेत अवस्थामा उपचाररत छन। सहयोग गर्न चहानुहुने इच्छुक दाजुभाई दिदिबहिनिहरुले बिरामिकी श्रीमती अनुकला राईलाई ००९७७९८१०२१७७५० मा सम्पर्क गर्न सक्नुहुनेछ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...