News Portal

मिस रतुवामाईकी विजेता श्रेष्ठलाई राईजिङ्ग स्कुलले गर्‍यो सम्मान

हिमाली संचार संवाददाता
१०५१ पटक

प्रवेश बिष्ट
मोरङ १०, २०७६ पौष : प्रथम मिस रतुवामाई प्रतियोगिताको विजेता बनेकी निश्मा श्रेष्ठलाई रतुवामाई ६ मा रहेको राईजिङ्ग स्कुलले एक कार्यक्रमका बिच सम्मान गरेको छ। उनी राईजिङ्ग स्कुलको पूर्व विद्यार्थी समेत हुन्।

राईजिङ्ग स्कुलमा उनले कक्षा नर्सरी देखी १० कक्षासम्म अध्ययन गरेकी थिइन्। विद्यालयमा विद्यालयका प्रधानाध्यापक विश्वनाथ राय, उपप्रधानाध्यापक अर्विनद राय, अन्य शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुका माझ श्रेष्ठलाई बधाई तथा शुभकामना प्रदान गरिएको हो।

सोमबार सम्पन्न मिस रतुवामाईको फाइनलमा आफ्ना १३ जना प्रतिस्पर्धीहरुलाई पाखा लगाउँदै उनी पहिलो मिस रतुवामाई बन्न सफल भएकी हुन्। मिस रतुवामाई सँगै उनले अर्को विधा मिस पर्सनालिटी पनि जितेकी थिइन्।

यो पनि पढ्नुहोस।

मिस रतुवामाई निश्मा श्रेष्ठले जितिन

विजेता भएसँगै नगद ५० हजार आयजोन इन्टरनेट एक वर्षका लागि निशुल्क र पोखरा भ्रमण गर्ने मौका समेत प्राप्त गरेकी हुन्।

आफूले पढाएको विद्यार्थीको सफलता देखेर राईजिङ्ग स्कुलका सहायक प्रअ अर्विन्द रायले निश्मालाई अझ बढी सफलताको कामना गर्दै गलत बाटोमा नलाग्न सुझाब दिनुभयो। साथै उँहाले हरेक नारीको प्रेरणका स्रोत बन्न शुभकामना पनि प्रदान गर्नुभयो। महिला हिंसाको विरुद्यमा आफूले सकेको काम गर्न कहिल्यै पछि नहट्न निश्मालाई प्रेरणा व्यक्त गर्नुभयो।

मिस रतुवामाई २०१९ को विजेता बनेकी रेश्मा श्रेष्ठले अभिभावकको साथ र सहयोगले नै यो प्रतियोगिता जित्न सफल भएको बताईन। नगरपालिका भित्रका आउदो पुस्ताका माझमा एउटा उदाहरण बनेर देखाउने र विकृति मुक्त समाज निर्माणमा जोड दिने निश्माले बताईन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...