News Portal

मिस रतुवामाई निश्मा श्रेष्ठले जितिन

हिमाली संचार संवाददाता
१११४ पटक

रबिन्द्र बराल
मोरङ ०९, २०७६ पौष : माेरङकाे रतुवामाई नगरपालिका १० साेमबारेमा पहिलोपटक मिस रतुवामाई सम्पन्न भएको छ। “समाज परिबर्तनमा महिलाको भुमिका” भन्ने मुलनारा सहित महिलाहरुको राष्ट्रिय सुन्दरी प्रतियोगिता रतुवामाईमा सम्पन्न भएको हो।

मिस रतुवामाईमा १३ प्रतियोगीहरुकाे सहभागीता रहेको थियोे। महिला शसक्तिकरण, महिला सहभागिताको महत्ब, समाज परिबर्तन, आत्मनिर्भर जस्ता बिषयमा प्रश्न समेत साेधिएकाे थिए।

१३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै मिस रतुवामाईकाे उपाधि निश्मा श्रेष्ठले हात पारेकि हुन उनलाई नगद ५० हजार, आइजोन इन्टरनेटको तर्फबाट एक वर्षका लागि निशुल्क इन्टरनेट र पोखरा भ्रमण गर्ने मौका समेत पाएकी छिन्।

त्यस्तै पहिलो रनर अप रेश्मा श्रेष्ठ भइन। नले नगद ३० हजार प्राप्त गरेकी छिन्। त्यस्तै प्रतियोगितामा दोस्रो रनर अप भएकी रेसु कालिकोटेले २० हजार प्राप्त गरेेेेकि हुन।

प्रतियोगितामा विभिन्न विधामा पुरस्कार समेत वितरण गरिएको थियो। मिस अनुशासितमा रेसु कालिकोटे, मिस पब्लिक च्वाइस रेश्मा श्रेष्ठ, मिस क्याटवाल्क दुर्गा बस्नेत, मिस ट्यालेन्ट सुनिता थापा, मिस प्रसनालिटी निश्मा श्रेष्ठले यि विधा जितेका हुन।

विभिन्न स्थानवाट आएका नविन लुइटेल, डा. सन्दिप अधिकारी, नविन श्रेष्ट, सायरा राई, सृजना क्षेत्री र ज्ञानेन्द्र सुनुवारले प्रतियोगिताको मुल्यांकन गरेका थिए।


सेन्ट्रल फेसन हब उर्लाबारीको व्यवस्थापन र आयोजनामा कार्तिक २३ बाट सुरु भएको प्रतियोगिताको फाइनल, प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रनिर्माण सेकेण्डरी बार्डिङ्ग स्कुल रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि रतुवामाई नगरपालिकाका मेयर रबिन राई बिष्ट अतिथि उपमेयर देवन्ता चुडाल, अतिथिहरुमा वडाध्यक्ष समाजसेवी बलवहादुर बस्नेत, राजेन्द्र कटुवाल, निर्मल भट्टराई, दिनेेेश कुुुमार बिष्ट, विद्यालयका प्रिन्सिपल विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतकाेे उपस्थिति रहेको थियो।

बिजेता उपबिजेताहरुलाई अतिथिहरुले चेक ट्रफि र प्रमाणपत्र हस्तान्तरण गरेका थिए। राष्ट्र निर्माण सेकेण्डरी बोर्डिङ्ग स्कुलको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...