News Portal

चितवन बसाई लम्ब्याउने कसरतमा एसपि दानबहादुर मल्ल

प्रधान कार्यालयकै निर्णय थाहा नपाएको स्पष्टोक्ति !

हिमाली संचार संवाददाता
४८४ पटक

चितवन ०९, २०७६ पौष : आँफ्नो सरुवाबारे प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभागले गरेको निर्णय थाहा नभएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताएका छन।

बिभिन्न संचारमाध्यमलाई एसपि मल्लले निर्णय नै थाहा नभएको भनेर गैरजिम्मेवार जानकारी दिएका हुन। जवकि प्रहरीको मानवश्रोत एवं प्रशासन बिभागले गत पौष ४ गते नै आधिकारीक निर्णय गर्दै मल्ललाई महानगरीय बिमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरनमा सरुवा गरिसकेको छ।

चलानी नम्बर २८९० रहेको सरुवा संबन्धि निर्णय अनुसार चितवनको नयाँ एसपिमा गंगा पन्तको नाम उल्लेख छ। आधिकारीक पत्र प्राप्त नभएको भन्दै एसपि मल्लले पछिल्ला दिनहरुमा पनि साबिकमा जस्तै काम गर्दै आएका छन।

मल्लले आँफ्नो सरुवाबारे थप सवालजवाफ हुन सक्ने आशंकामा गत पौष ५ गतेका लागि आयोजना गरिएको पत्रकार सम्मेलन समेत स्थगित गरेका थिए।

कार्यकाल लम्ब्याउन दौडधुप श्रोतका अनुसार एसपि मल्ल आँफ्नो कार्यकाल अझै कम्तिमा २ महिना लम्ब्याउन चाहान्छन।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्व अंगरक्षक समेत रहेका मल्लले आँफ्नो चाहाना पुरा गर्न लबिङ समेत थालिसकेको बताईन्छ।

मल्ललाई थमौती गर्नका लागि पार्टिभित्रकै केहि नेता र बिभिन्न समूहहरु सकृय रहेको नाम नबताउने शर्तमा नेकपा चितवनका एक नेताले कालिका न्युजलाई बताएका छन।

सरुवा भएर चितवन आउन लागेकी नयाँ एसपि गंगा पन्तलाई कुनै पनि हालतमा रोक्ने रणनिती पूर्व माओबादी र बिशेष गरि प्रचण्ड निकटले बनाएको श्रोतहरुको दाबी छ।

केही वर्षअघि फेसबुक स्टाटसमा लेखेको कमेन्टलाई आधार बनाएर पन्तलाई आउनुअघि नै बिबादित बनाईएको छ। रेडियोकालिकाबाट

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...