News Portal

  • चितवन बसाई लम्ब्याउने कसरतमा एसपि दानबहादुर मल्ल

    प्रधान कार्यालयकै निर्णय थाहा नपाएको स्पष्टोक्ति !

    हिमाली संचार संवाददाता
    ४२८ पटक

    चितवन ०९, २०७६ पौष : आँफ्नो सरुवाबारे प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभागले गरेको निर्णय थाहा नभएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताएका छन।

    बिभिन्न संचारमाध्यमलाई एसपि मल्लले निर्णय नै थाहा नभएको भनेर गैरजिम्मेवार जानकारी दिएका हुन। जवकि प्रहरीको मानवश्रोत एवं प्रशासन बिभागले गत पौष ४ गते नै आधिकारीक निर्णय गर्दै मल्ललाई महानगरीय बिमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरनमा सरुवा गरिसकेको छ।

    चलानी नम्बर २८९० रहेको सरुवा संबन्धि निर्णय अनुसार चितवनको नयाँ एसपिमा गंगा पन्तको नाम उल्लेख छ। आधिकारीक पत्र प्राप्त नभएको भन्दै एसपि मल्लले पछिल्ला दिनहरुमा पनि साबिकमा जस्तै काम गर्दै आएका छन।

    मल्लले आँफ्नो सरुवाबारे थप सवालजवाफ हुन सक्ने आशंकामा गत पौष ५ गतेका लागि आयोजना गरिएको पत्रकार सम्मेलन समेत स्थगित गरेका थिए।

    कार्यकाल लम्ब्याउन दौडधुप श्रोतका अनुसार एसपि मल्ल आँफ्नो कार्यकाल अझै कम्तिमा २ महिना लम्ब्याउन चाहान्छन।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्व अंगरक्षक समेत रहेका मल्लले आँफ्नो चाहाना पुरा गर्न लबिङ समेत थालिसकेको बताईन्छ।

    मल्ललाई थमौती गर्नका लागि पार्टिभित्रकै केहि नेता र बिभिन्न समूहहरु सकृय रहेको नाम नबताउने शर्तमा नेकपा चितवनका एक नेताले कालिका न्युजलाई बताएका छन।

    सरुवा भएर चितवन आउन लागेकी नयाँ एसपि गंगा पन्तलाई कुनै पनि हालतमा रोक्ने रणनिती पूर्व माओबादी र बिशेष गरि प्रचण्ड निकटले बनाएको श्रोतहरुको दाबी छ।

    केही वर्षअघि फेसबुक स्टाटसमा लेखेको कमेन्टलाई आधार बनाएर पन्तलाई आउनुअघि नै बिबादित बनाईएको छ। रेडियोकालिकाबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...

    युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

    काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट...

    रवि र छविको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

    बुटवल, कात्तिक २० – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

    आज २०८२ साल कार्तिक २० गतेको राशिफल

    आज कार्तिक २०, २०८२ (नोभेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन: डिसेम्बर २०-२१ मा कोरियामा हुने

    काठमाण्डौं। अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा...