News Portal

उपप्रधान तथा कानुनमन्त्री यादवले दिए पदबाट राजीनामा

हिमाली संचार संवाददाता
६३४ पटक

काठमाडौँ ०८, २०७६ पौष : उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन्।

मन्त्री यादव २०७५ जेठ १४ गते केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए। केही दिनअघिदेखि समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिने तयारी गरेको थियो।

संविधान संशोधनको लागि भन्दै सरकारमा सहभागी भएको सो पार्टीले त्यो सम्भव नहुने देखिएपछि सरकारबाट बाहिरिनुपरेको बताउँदै आएको छ। मन्त्री यादवले राजीनामा दिनुअघि सो पार्टीले मंगबालर नै संसदीय दलको बैठक बोलाइएको थियो।

स्वास्थ्यमन्त्रीबाट कानुन मन्त्रीमा सरुवा भएपछि पहिलोपटक सोमबार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका यादवले संविधान संशोधनको प्रस्ताव लगेका थिए। उनको प्रस्तावको पहिलो बैठकमै प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएको थियो।

मन्त्री यादवले संविधान संशोधान प्रस्ताव सिधै मन्त्रिपरिषद्मा लगेका थिए तर बैठकमा प्रस्तुत नहुँदै प्रधानमन्त्री ओलीले उक्त प्रस्तावलाई अस्वीकार गरिदिएपछि विवाद भएको हो।

हेर्नुहोस राजीनामा पत्र यस्तो छ:

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...