News Portal

नेपाली समाज युएई लगायत विभिन्न संस्थाको समर्थनमा नि: शुल्क प्राथमिक उपचार तालिम अभियान

हिमाली संचार संवाददाता
४१३ पटक

युएई– योगदान देश र जनताको लागि भन्ने सामाजिक सेवाको उदेश्य लिएर युएईमा कार्यरत नेपाली व्यावसायी चितवन निवासी ओमप्रसाद उप्रेतीद्वारा प्रदान गरिदै आएको नि:शुल्क प्राथमिक उपचार तालिम अभियानलाई युएईका विभिन्न संस्थाले संस्थागत सहयोग गर्ने भएका छन् ।
यसपालिको तालिमका लागि युएईका सामाजिक तथा अन्य संस्थाहरुले सहकार्य गरेको जानकारी अभियन्ता ओम उप्रेतीले बताएका छन् ।
युएईको सबैभन्दा पहिलो सामाजिक संस्था नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, युएई, नेपाल पत्रकार महासंघ युएई लगायतका केही जिल्ला समाजले पनि संस्थागत सहयोग गरेको अभियन्ता उप्रेतीले जानकारी दिएका छन् ।
नेपाली समाज युएईले यो अभियानलाई उच्च महत्त्व दिएको र नेपालमा रहेका आफ्ना सदस्यहरुलाई प्रत्यक्षरुपमा सहयोग गर्ने बताएको अध्यक्ष गोविन्द ढकालले बताएका छन् ।

इनास युएईले पनि युएईबाट देश र जनताको सेवाको लागि उप्रेतीले अतुलनीय योगदान गरेको बताउदै कलाकारहरुले उच्च प्राथमिकताका साथमा सहकार्य गर्ने अध्यक्ष राम तामाङले जानकारी दिएका छन् ।
आफ्नो व्यावसायबाट व्यस्त समय निकालेर आफुले जानेको ज्ञान र सीप नि:शुल्क बाँड्ने ओम उप्रेतीको अभियानलाई नेपाल पत्रकार महासंघ युएई शाखाले नजिकैबाट हेरिरहेको बताउदै अध्यक्ष लक्ष्मण खनालले युएईमा रहेका पत्रकारहरु र महासंघका नेपालमा रहेका शाखाहरुलाई जानकारी दिने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

यसैबीच यो अभियानको पाँचौ चरणको तालिम कार्यक्रम जनवरी १ देखि प्रदेश नम्बर २ का सात जिल्ला र मकवानपुर साथै चितवनमा हुन लागेको छ ।

नेपालका ३८ जिल्लामा सम्पन्न भैसकेको यो तालिम आगामी जनवरी १, २०२० देखि नेपालका थप ९ जिल्लाहरुमा आयोजना हुन लागेको अभियन्ता, परिकल्पनाकार तथा प्राथमिक उपचारको लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रशिक्षक उप्रेतीले बताएका छन् ।
यसपालिको तालिमको लागि
विभिन्न जिल्लाहरुमा क्रियाशील सामाजिक/शैक्षिक/व्यावसायिक /स्वास्थ्य संस्थाहरुलाई तालिम संयोजनका लागि आह्वान गरे अनुरुप सबै व्यवस्थापन भएको अभियानका व्यवस्थापक हेमन्त पौडेलले बताएका छन् ।

चितवनमा जन्मेर देश र जनताको सेवामा रातदिन योगदान गरिरहेकोमा समग्र देशले ओम उप्रेतीप्रति गर्व गर्नुपर्ने बताउदै चितवन समाज युएईले पनि सहकार्य गरिरहेको अध्यक्ष गणेश न्यौपानेले बताएका छन् ।

कहाँ कहाँ हुँदै छ तालिम ?

पाचौं चरणको पहिलो तालिम सप्तरी जिल्लामा हुनेछ । आगामी पुस १६, बुधबार, नरेन्द्र मेमोरियल पब्लिक सेकेन्डरी स्कुल, राजविराज-१६ मा हुने जानकारी संयोजक नितेस दासले दिएका छन् ।

दोस्रो दिनको तालिम सिरहामा पुस १७, बिहीबार, जिल्ला समन्वय समिति हल, सिरहामा हुने सुरेस र दिलिप साहनीले बताएका छन् ।

तालिम अभियानको तेस्रो दिन धनुषा जिल्लामा पुस १८, शुक्रबार, शुभकामना प्रशिक्षण केन्द्र,
जनकपुर उपमहानगरपालिका-८ दस्था नगरमा हुने
संयोजक शत्रुधन प्रसाद यादवले बताएका छन् ।
चौथो दिन महोत्तरी जिल्लामा यो तालिम आयोजना गरिएको छ ।
पुस १९, शनिबार, सामुदायिक भवन, रामगोपालपुर नपा-०४ मा तालिम आयोजना गरिएको
संयोजक शत्रुधनप्रसाद यादवले नै जानकारी दिएका छन् ।
यसैगरी पाचौं दिन नि:शुल्क प्राथमिक उपचार तालिम रौतहट जिल्लामा आयोजना गरिनेछ । पुस २०, आइतबार, कर्मचारी मिलन केन्द्र, गौर बजारमा हुने निस्चय भएको अभियानका व्यवस्थापक हेमन्त पौडेलले जानकारी दिएका छन् ।

यो अभियानको छैटौं दिन बारा जिल्लामा पुस २१,सोमबार तालिम आयोजना गरिएको छ । बारा उद्योग वाणिज्य संघ निजगढमा यो तालिम हुने संयोजक श्याम पौडेलले बताएका छन् ।

अभियानको सातौं दिन पर्सा जिल्लामा पुस २२, मंगलबार नि:शुल्क प्राथमिक उपचार तालिम आयोजना गरिनेछ । वीरगन्जको बि पि सी कलेज पानीटयाङ्कीमा यो तालिम संचालक गर्ने तयारी भएको संयोजक शिवनाथ यादवले बताएका छन् ।

यो अभियानमा प्रदेश नम्बर ३ को मकवानपुर जिल्लामा पनि नि:शुल्क प्राथमिक उपचार तालिम आयोजना हुनेछ ।
आगामी पुस २३, बुधबार, त्रिभुवन मावि, हेटौंडा -११, नवलपुरमा यो तालिम आयोजनाको तयारी भएको मकवानपुर जिल्ला
संयोजन गरिरहेका सहजकर्ता लछुमन काफ्लेले बताएका छन् ।
दिवस पराजुली र व्यवस्थापक हेमन्त पौडेलले पनि मकवानपुरको तालिम भव्य हुने जानकारी दिएका छन् ।

नि:शुल्क प्राथमिक उपचार तालिम अभियानको पाँचौ चरणको प्रशिक्षण अभियन्ता ओम उप्रेतीले आफ्नै गृहनगर चितवनमा गर्ने भएका छन् ।
अभियन्ता उप्रेतीले बाल्यकालमा अध्ययन गरेको खैरहनी-१२ को कापिया उच्च माविमा यो तालिम आयोजना हुने अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक ओम उप्रेतीले बताएका छन् । आगामी पुस २४, विहिबार आयोजना हुने समापन कार्यक्रमका लागि नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक निखिल उप्रेती, रमेश उप्रेती, हास्य कलाकार निर्मल शर्मा लगायतका कलाकार तथा गायकगायिका उपस्थित हुने युएईमा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी नामको कम्पनी संचालक तथा यस अभियानका मुख्य प्रशिक्षक ओम उप्रेतीले जानकारी दिएका छन् ।
कापिया उच्च माविको तालिम कार्यक्रमका संयोजक श्री कृष्ण बर्तौलाले तालिमको तयारी पूरा भएको जानकारी गराएका छन् ।

तालिमको उदेश्य
मानव जीवनमा आईपर्ने विभिन्न दुर्घटना, विपत्ति र रोगहरुबाट कसरी बच्ने र बचाउने, आकस्मिक रुपमा कसैलाई अस्पताल लानु परेको अवस्थामा बिरामीलाई कसरी अकालमा मर्नबाट जोगाउने जस्ता अति आवस्यक जानकारीहरु प्राथमिक उपचारभित्र पर्छन् ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...