News Portal

कोयी/कोयु किरात राईहरुको एकताको प्रथम राष्ट्रिय अधिवेशन हुदै

हिमाली संचार संवाददाता
८९८ पटक

पौष ०६, २०७६ झापा : “ विश्वमा छरिएर रहेका कोयी/कोयु राईहरु एकताबद्ध होऔ, कोयी भाषा, संस्कार र संस्कृतिको संरक्षण गरौ” भन्ने मुलनाराका साथमा “किरात कोयी/ कोयु राई सोदेल किमको “ विशेष पहलमा विश्वभरी छरिएर रहेका कोयी/कोयु किरात राईहरुको एकताको प्रथम राष्ट्रिय अधिवेशन यही पौष १२ र १३ गत्ते झापाको दमक किरात भवनमा भव्य रुपमा सम्पन्न हुने कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

नेपालको विभिन्न जिल्लाहरुमा भाषिक इकाइ गठन गरेर भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्दै आइरहेका किरात कोयी/ कोयु राईहरुले आफ्ना जिल्ला इकाइ, संगठन भंग गरेर विश्वभरी एकरुपता ल्याउने ऐतिहासिक अधिवेशनमा विभिन्न जिल्लाका प्राज्ञिकहरुलाई किरात कोयी/ कोयु राई सोदेल किमले अनिवार्य उपस्थिति हुन भनेको छ। 

कोयी/ कोयु किरात राईहरुले आफ्नो उद्गमथलो सुङदेलबाट विभिन्न परिस्थितिका कारण विश्वका विभिन्न मुलुक युके, हङकङ लगायदका प्रतिनिधि र नेपालका विभिन्न जिल्लाहरुका प्रतिनिधिहरुको सहभागिता साथै प्रदेश सभा सदस्य विणा देवी कोयी राई, प्रदेश सभा सदस्य अर्जुन राई, भाषाविद डा. तारामणी राई लगायत भाषिक संस्थाका विशिष्ट व्यक्तित्वहरुको आतिथ्य रहने आयोजकले जनाएको छ।अधिवेशनले एतिहासिक महत्वका आफ्ना मौलिक भाषा, संस्कार र संस्कृतिको अभिलेखिकरण गर्दै यसलाई ब्याबहारमा कार्यन्वय गर्दै रूपान्तरण गरेर लैजाने भनिएको छ।

एकताको अधिवेशन व्याबस्थित व्यावस्थापनको लागि किरात राई सोदेल कोयी/कोयु किम हङकङले नगद (एक लाख) आयोजक झापालाई सहयोग स्वरुप हस्तान्तरण   गरिसकेको हङकङका अध्यक्ष हित बहादुर राईले जानकारी दिदै कार्यक्रम भव्य र सफल हुने विश्वास व्याक्त गर्नु भएको छ।

भूगोलका कारण भाषा, संस्कार र संस्कृतिमा विचलन आएको हुनाले किरात कोयी/कोयु राई सोदेल किम, भाषाविद, अभियन्ता र बुद्धिजीवी मानुभावहरुको विशेष पहलमा सम्पूर्णतामा एक रुपता ल्याउन एकताको प्रथम राष्ट्रिय अधिवेशन प्रकृया अधिबढाएको केन्द्रीय महासचिव विवेक राईले हिमालीसंचारसंग बताएका हुन। 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...