News Portal

कोयी/कोयु किरात राईहरुको एकताको प्रथम राष्ट्रिय अधिवेशन हुदै

हिमाली संचार संवाददाता
८३१ पटक

पौष ०६, २०७६ झापा : “ विश्वमा छरिएर रहेका कोयी/कोयु राईहरु एकताबद्ध होऔ, कोयी भाषा, संस्कार र संस्कृतिको संरक्षण गरौ” भन्ने मुलनाराका साथमा “किरात कोयी/ कोयु राई सोदेल किमको “ विशेष पहलमा विश्वभरी छरिएर रहेका कोयी/कोयु किरात राईहरुको एकताको प्रथम राष्ट्रिय अधिवेशन यही पौष १२ र १३ गत्ते झापाको दमक किरात भवनमा भव्य रुपमा सम्पन्न हुने कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

नेपालको विभिन्न जिल्लाहरुमा भाषिक इकाइ गठन गरेर भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्दै आइरहेका किरात कोयी/ कोयु राईहरुले आफ्ना जिल्ला इकाइ, संगठन भंग गरेर विश्वभरी एकरुपता ल्याउने ऐतिहासिक अधिवेशनमा विभिन्न जिल्लाका प्राज्ञिकहरुलाई किरात कोयी/ कोयु राई सोदेल किमले अनिवार्य उपस्थिति हुन भनेको छ। 

कोयी/ कोयु किरात राईहरुले आफ्नो उद्गमथलो सुङदेलबाट विभिन्न परिस्थितिका कारण विश्वका विभिन्न मुलुक युके, हङकङ लगायदका प्रतिनिधि र नेपालका विभिन्न जिल्लाहरुका प्रतिनिधिहरुको सहभागिता साथै प्रदेश सभा सदस्य विणा देवी कोयी राई, प्रदेश सभा सदस्य अर्जुन राई, भाषाविद डा. तारामणी राई लगायत भाषिक संस्थाका विशिष्ट व्यक्तित्वहरुको आतिथ्य रहने आयोजकले जनाएको छ।अधिवेशनले एतिहासिक महत्वका आफ्ना मौलिक भाषा, संस्कार र संस्कृतिको अभिलेखिकरण गर्दै यसलाई ब्याबहारमा कार्यन्वय गर्दै रूपान्तरण गरेर लैजाने भनिएको छ।

एकताको अधिवेशन व्याबस्थित व्यावस्थापनको लागि किरात राई सोदेल कोयी/कोयु किम हङकङले नगद (एक लाख) आयोजक झापालाई सहयोग स्वरुप हस्तान्तरण   गरिसकेको हङकङका अध्यक्ष हित बहादुर राईले जानकारी दिदै कार्यक्रम भव्य र सफल हुने विश्वास व्याक्त गर्नु भएको छ।

भूगोलका कारण भाषा, संस्कार र संस्कृतिमा विचलन आएको हुनाले किरात कोयी/कोयु राई सोदेल किम, भाषाविद, अभियन्ता र बुद्धिजीवी मानुभावहरुको विशेष पहलमा सम्पूर्णतामा एक रुपता ल्याउन एकताको प्रथम राष्ट्रिय अधिवेशन प्रकृया अधिबढाएको केन्द्रीय महासचिव विवेक राईले हिमालीसंचारसंग बताएका हुन। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...