News Portal

प्रहरीको गोलीबाट तीनको मृत्यु भारतमा थुप्रै भागमा इन्टरनेट सेवा बन्द,

हिमाली संचार संवाददाता
५२० पटक

नयाँ दिल्ली : भारतमा ल्याइएको नागरिकता संशोधन ऐनको विरुद्धमा आन्दोलन झन् झन् चर्किँदै गइरहेको छ ।  यसैक्रममा बिहीबार वामपन्थी दलहरुले भारत बन्दको घोषणा गरेकोमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु हुनुका साथै सयौं मानिसहरु पक्राउ परेका छन् ।

वामपन्थी घटकहरुलाई अन्य विभिन्न पक्षले समर्थन गरेका थिए । विरोध प्रदर्शनका क्रममा सरकारले राजधानी दिल्लीसहित उत्तर प्रदेश र कर्नाटकमा संविधानको धारा १४४ लगाइदिएको छ ।  यो धारा अन्तर्गत चारजना भन्दा बढी मानिसलाई भेला हुन निषेध छ ।

देशका थुप्रै भागमा इन्टरनेट सेवा बन्द गरिएको छ भने राजधानी दिल्लीका कैंयौं मेट्रो स्टेशन हिजो बन्द गरिएको थिए ।  नयाँ नागरिकता कानुनमा पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आउने गैरमुश्लिम प्रवासीलाई भारतको नागरिकता दिने प्रावधान राखिएको छ । यसका आलोचकहरुले यो कानुनले भारतको धर्म निरपेक्षताको छबिमा असर गर्ने जनाउँदै आएका छन् ।

यद्यपि प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले यो आरोप गलत भएको बताउँदै आएका छन् ।  तर, विपक्षी र स्वतन्त्र नागरिकले पनि यो कुरा पत्याएका छैनन् । पीटीआईका अनुसार प्रहरीको फायरिङ्गमा कर्नाटका र मंगलगुरुमा दुईजनाको मृत्यु भएको छ । मंगलगुरुमा अहिले कर्फयु लगाइएको जनाइएको छ । अर्का एक व्यक्तिको मृत्यु लखनउमा भएको छ ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...