News Portal

भक्तपुर नगरपालिकाले गर्‍यो भैरव फार्मेसी शिलबन्दी

हिमाली संचार संवाददाता
५२५ पटक

भक्तपुर : अस्पताल अगाडि सञ्चालित भैरव फार्मेसी शिलबन्दी गरिएको छ। भक्तपुर नगरपालिकाले आज गरेको फार्मेसी अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित भैरव फार्मेसीमा औषधि व्यवसायी नबसी अन्य व्यक्तिलाई पसल सञ्चालन गर्न दिई औषधिमा लापरवाही गरेको पाइएपछि शिलबन्दी गरिएको हो ।

अनुगमनमा भनपा वडा नं १ दूधपाटीमा अवस्थित भैरव फार्मेसीको नाममा दर्ता भएको औषधि पसल व्यवसायी अनुपस्थित रहेको साथै विभिन्न नामका औषधिहरु रेफ्रिरेजेटर बाहिर कोठाको तापक्रममा राखिएको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिए।

उक्त फार्मेसीमा लागुऔषधबाहेकका अन्य औषधि बट्टामा नराखेको पाइएपछि शिलबन्दी गरिएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए। औषधि विभागका फार्मेसी अधिकृत मुकेन्द्र पञ्जियार, फार्मेसी अधिकृत उमङ्ग त्रिपाठी, फार्मेसी अधिकृत सुरेन्द्र बोहरा, फार्मेसी सुपरभाइजर भीष्म सापकोटाको रोहबरमा पसल शिलबन्दी गरिएको उनले जानकारी दिए ।

शिलबन्दीपछि भैरव फार्मेसीका गोपाल थपलियाले भक्तपुर अस्पतालको बीमाको फार्मेसी बेलुका ६ बजे बन्द हुने र साझाको औषाधि पसलमा बीमाको औषधि उपलब्ध नहुने भएकाले कतिपय औषधि २४सै घण्टा उपलब्ध गराउनुपर्ने भएकाले औषधि बट्टामा नराखिएको जानकारी दिए।

अनुगमनकै क्रममा दीप फर्मा प्रालि नवीकरण नगरेको, म्याद नाघेको औषधिहरु छुट्टै नराखी एकै ठाउँमा राखेको, औषधि पसलमा बस्ने केही व्यक्तिहरुको औषधि विभागको अनुमतिपत्र नभएको पाइएको छ।

त्यस्तै डोलेश्वर फर्मा नवीकरण नगरेको, रोज डेण्टल केयर प्रालि नवीकरण नगरेको, प्यानसहितको बिक्री बिल दिने व्यवस्था नगरेको, सरसफाइमा ध्यान नदिएको, प्राइम डेण्टल नवीकरण नगरेको, सरसफाइ तथा औजार उपकरण निर्मलीकरण व्यवस्थापन नगरेको पाइएको प्रजापतिले जानकारी दिए।

त्यस्तै अधिकारी फार्मेसी पसल दर्ता नभएकाले त्यही दर्ता गराइएको, उत्तम मेडिकल, अल्फा मेडिकल हल अनुगमन गरेको छ।

प्रतिकृया दिनुहोस्

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...