News Portal

भक्तपुर नगरपालिकाले गर्‍यो भैरव फार्मेसी शिलबन्दी

हिमाली संचार संवाददाता
४८५ पटक

भक्तपुर : अस्पताल अगाडि सञ्चालित भैरव फार्मेसी शिलबन्दी गरिएको छ। भक्तपुर नगरपालिकाले आज गरेको फार्मेसी अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित भैरव फार्मेसीमा औषधि व्यवसायी नबसी अन्य व्यक्तिलाई पसल सञ्चालन गर्न दिई औषधिमा लापरवाही गरेको पाइएपछि शिलबन्दी गरिएको हो ।

अनुगमनमा भनपा वडा नं १ दूधपाटीमा अवस्थित भैरव फार्मेसीको नाममा दर्ता भएको औषधि पसल व्यवसायी अनुपस्थित रहेको साथै विभिन्न नामका औषधिहरु रेफ्रिरेजेटर बाहिर कोठाको तापक्रममा राखिएको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिए।

उक्त फार्मेसीमा लागुऔषधबाहेकका अन्य औषधि बट्टामा नराखेको पाइएपछि शिलबन्दी गरिएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए। औषधि विभागका फार्मेसी अधिकृत मुकेन्द्र पञ्जियार, फार्मेसी अधिकृत उमङ्ग त्रिपाठी, फार्मेसी अधिकृत सुरेन्द्र बोहरा, फार्मेसी सुपरभाइजर भीष्म सापकोटाको रोहबरमा पसल शिलबन्दी गरिएको उनले जानकारी दिए ।

शिलबन्दीपछि भैरव फार्मेसीका गोपाल थपलियाले भक्तपुर अस्पतालको बीमाको फार्मेसी बेलुका ६ बजे बन्द हुने र साझाको औषाधि पसलमा बीमाको औषधि उपलब्ध नहुने भएकाले कतिपय औषधि २४सै घण्टा उपलब्ध गराउनुपर्ने भएकाले औषधि बट्टामा नराखिएको जानकारी दिए।

अनुगमनकै क्रममा दीप फर्मा प्रालि नवीकरण नगरेको, म्याद नाघेको औषधिहरु छुट्टै नराखी एकै ठाउँमा राखेको, औषधि पसलमा बस्ने केही व्यक्तिहरुको औषधि विभागको अनुमतिपत्र नभएको पाइएको छ।

त्यस्तै डोलेश्वर फर्मा नवीकरण नगरेको, रोज डेण्टल केयर प्रालि नवीकरण नगरेको, प्यानसहितको बिक्री बिल दिने व्यवस्था नगरेको, सरसफाइमा ध्यान नदिएको, प्राइम डेण्टल नवीकरण नगरेको, सरसफाइ तथा औजार उपकरण निर्मलीकरण व्यवस्थापन नगरेको पाइएको प्रजापतिले जानकारी दिए।

त्यस्तै अधिकारी फार्मेसी पसल दर्ता नभएकाले त्यही दर्ता गराइएको, उत्तम मेडिकल, अल्फा मेडिकल हल अनुगमन गरेको छ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...