News Portal

  • विश्वका १० उत्कृष्ट पर्यटकीय गन्तव्यमा नेपाल पहिलो स्थानमा

    हिमाली संचार संवाददाता
    ५०२ पटक

    सन्जिब कोयी                                    फोटो: तेजकुमार राई
    बुधवार पौष २, काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा न्युयोर्ककी क्याथरिन पार्कर-मग्यरले भ्रमण गर्नका लागि १० वटा गन्तब्यलाई मुख्य प्राथमिकतामा राख्दै नेपाल पहिलो नम्बरमा उल्लेख गर्दै  आफ्नो अनुभव ‘फोर्ब्स् पत्रिकामा लेखेकी छन्।

    गत शनिवार उनको यो अनुभवसहितको लेख ‘फोर्ब्स् मा प्रकाशित गरेकी हुन्। पत्रिकाले संसारकै सबैभन्दा साहसिक पर्यटनका लागि नेपाल उपयुक्त समेत रहेको समेत उल्लेख गरेको छ । पत्रिकाले नेपालको तराईदेखि हिमालयका हिमालको समेत व्यख्या गरेको छ। मग्यरले उल्लेख्य पर्यटकीय गन्तव्यअन्तर्गत इक्वेडर, न्युजिल्याण्ड, पेरू, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्यालगायत १० वटा गन्तब्यमध्ये नेपाललाई एक नम्बरमा सूचीकृत गरेकी हुन। सन् २०२० मा ‘वन्स इन अ लाइफटाइम’ अन्तर्गत एड्भेन्चरस र लक्जरियस पर्यटनमा नेपाललाई पहिलो गन्तब्यमा रुपमा सूचीकृत गरी उल्लेख गरेकी छिने।

    रिपोर्टमा एमाजोनको घना जंगली भूभागदेखि संसारकै सबैभन्दा उचाइमा रहेको सगरमाथासम्मका गन्तब्यका बारेमा वर्णन बिस्तृत रुपमा उल्लेख गरिएको छ। सगरमाथा आरोहणलाई एडभेन्चरस टुरिजमका लागि मुख्य प्रोडक्टका रूपमा मग्यरले चित्रण गरेकी छन्।

    नेपाल भ्रमणका लागि पर्वतारोहणमा पोख्त हुनैपर्ने आवश्यकता नरहेको लेखमा छ। ब्याक प्याकिङबाहेक नेपाल आफैंमा प्राकृतिक सौन्दर्यता भरिपूर्ण र काठमाडौंको द्वारिकाज होटलले जीवित संग्रहालयको आभास दिनुका साथै वर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीमार्फत प्रत्यक्ष रूपमा वन्यजन्तुको अवलोकन गर्दाको अनुभव उनले उल्लेख गरेकी छन्।

    फाप्लुस्थित सर एडमण्ड हिलारीको आवास ‘ह्याप्पी हाउस’ र वर्दियाको कर्णाली लज पर्यटकका लागि थप आकर्षकको केन्द्रविन्दु भनिएको छ। न्युयोर्कका लागि नेपाल परिदृश्यको उल्लेखनीय विविधता रहेको मानिएको छ। पर्यटकले नेपालको पश्चिमी क्षेत्रबाट आफ्नो भ्रमण सुरू गर्नु उपयुक्त रहेको उनले बताएकी छन्। हात्ती सफारीका लागि उनले सन् १९६४ मा पारिवारद्वारा संचालित टाइगर टप्सको भगिनी कम्पनी थारूलज मार्फत सिफारिस गरेकी छन्।

    चितवनमा हात्तीमार्फत जंगल सफारीसँगै नारायणी नदीको तिरमा बसेर सूर्य नमस्कारको मनोरम दृश्यावलोकन गर्न सकिने लेखमा उल्लेख गरिएको छ। चितवनमा एकसिङे गैंडा र बाघ लगायत विभिन्न प्रजातिका वन्यजन्तु हेर्न र तिनको आवाज सहजै सुन्न सकिन्छ।

    नेपालमा पर्यटकले भ्रमणका क्रममा मौसममा आमुल परिवर्तनको आभास गर्न सक्ने छन्। माउन्टेन ट्राभल ट्रेकिङमार्फत र नेपाल धुन्ने पर्यटकले भीडभाडको चिया पसल, व्यक्तिगत रूपमा क्याम्पिङ गर्न लगायत विभिन्न अवसर प्राप्त गर्न सक्ने उनले जनाएकी छन्। धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा पर्यटकले सूर्य नमस्कार, योगा प्याकेज, मेडिटेसन, हिमालयन रक साल्ट रूम, चक्र साउण्ड थेरापी लगायत वेलनेस क्रियाकलापको सुविधा लिन सक्ने पनि उनको लेखमा छ।

    नेपालमा पर्वतारोहणका लागि पर्यटकले कम खर्चमै अत्यधिक मनोरञ्जन लिन सकिन्छ। हेलिकोप्टर उडानमार्फत १८ हजार फिट उचाईमा गएर स्याम्पेन लिएर ‘टोष्ट’ मनोरञ्जन गर्न सकिने रोमाञ्चलाई पनि उनले आफ्नो रपोर्टमा उल्लेख गरेकी छन्।

    गत अगस्टमा सीएनएनले घान्द्रुकलाई एसियाको १३ औँ फोटोजेनिक सहरको  रुपमा सूचीकृत गरेको थियो। नेपाल उत्साहपूर्ण अनुभवको केन्द्रविन्दु रहे पनि पर्यटन क्षेत्रलाई पुँजीकरण गर्न नसकेको अवस्था भने नरमाइलो लाग्ने पनि उनको लेखमा लेखिएको छ। तपाईले माथीको ‘फोर्ब्स् / सीएनएनमा छापिएको लेख  किलिक्स गरेर उक्त पत्रिकामा प्रकाशित अंग्रेजी भाषामा लेखिएको लेख पढ्न सहजता होस भनेर हामीले लिंक राखेका छौ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...

    आज २०८२ साल असोज १३ गतेको राशिफल

    आज असोज १३, २०८२ (सेप्टेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...