News Portal

कर्णालीमा नयाँ जन्मिने छोरीहरुको लागि मासिक५०० रुपैंया बैंक खातामा जम्मा गरिने

हिमाली संचार संवाददाता
१२६९ पटक

खगेन्द्र बुढा कालिकोट –बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको भन्ने मुल नाराका साथ कर्णाली प्रदेश सरकारले अब प्रदेश भित्रका नयाँ जन्मिने छोरीहरुको लागी बैंक खातामा मासीक ५०० रुपैंया जम्मा गरिदिने भएको छ । यो कार्यक्रम आर्थिक बर्ष २०७६ भित्र जन्मिएका छोरीहरुबाट सुरु भै आगामी दिनमा जन्मीएका छोरीहरुले अब यो सुविधा निरन्तर पाउने भएका छन । कर्णाली प्रदेश सरकारले २०७६ को नीति तथा कार्यक्रममा ल्याएको छोरी सुरक्षा कार्यक्रम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको गृह जिल्ला कालिकोटबाट बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको कार्यक्रम सुभारम्भ गरिएको छ । कर्णाली प्रदेश सरकाको आयोजनामा कालिकोटको सदरमुकाम मान्ममा भएको कार्यक्रममा क्रमश खाँडाचक्र नगरपालिका वडा नं १ निबासी बुवा प्रदिपे नेपाली र आमा दर्शना नेपालीकी ५ महिनाकी छोरी जानकी नेपाली र सोही नगरपालिकाको वडा नं १ निवासि बुवा नयाँ सुनार र आमा रत्ना सुनारकी ३ महिनाकी छोरी जमुना सुनारको नाममा राष्ट्रिय बाणिज्य बैंक शाखा कालिकोटमा खाता खोली रु १ हजारका दरले रकम जम्मा गरेको वैंक भौचर कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफन्तलाई हस्तान्त्रण गर्नु भएको हो।
वैंक भौचर हस्तान्त्रण गदै मुख्यमन्त्री शाहीले कर्णालीमा बालबिवाह न्युनिकरण गर्ने उदेश्यले कर्णाली प्रदेशमा यो कार्यक्रम लागु गरिएको बताउनु भयो । साथै मुख्यमन्त्री शाहीले अन्य प्रदेश भन्दा कर्णाली प्रदेश जल जमिन जंगल जडिबुटीको खानी भएकोले अब प्रदेश सरकारले बिकासका दृष्टिकोणले प्रदेश सरकारबाट कानुन निर्माण गर्ने कार्यमा कर्णाली प्रदेश सरकार कुनै पनि हालतमा पछि नपर्ने बताउनुभयो ।
‟कर्णाली भित्रका गौरवका महत्वपुर्ण ठुला र प्रभावकारी योजनाहरु स्थानीय तहले बनाएको खण्डमा बजेटको व्यवस्थापन हामी गर्छौ । बजेटलाई सही तरिकाले सदुपयोग गर्ने गरी योजना र कार्यक्रम वनाउनुहोस् । जनअपेक्षाकृत र सकारात्मक कामको लागि प्रदेश सरकार हरदम् तयार र सकारात्मक छ” ।
कार्यक्रमा शुभकामना मन्तव्य दिनुहुँदै कार्यक्रमका अथिति भुमि सुधार तथा कृषि मन्त्री बिमला केसीले महिला हरेक दृष्टिकोणले कर्णालीका महिलाहरु पछाडि परेको स्मरण गराउदै महिलालाई बाल बिवाह, महिला हिंसा रोक्न र राज्यका हरेक निकायमा पहुँच पुर्याउनका लागि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । साथै बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको कार्यक्रममा सबैले सकारात्मक सोचका साथ सहयोग गर्नुपर्ने बताउनु भयो । छोरीहरुप्रति जगडीएको परम्परागत कुसंस्कार र कुरिती जस्ता जघन्य अपराधहरुलाई आम नागरिकहरु मिलेर चिरफार गर्नुपर्ने र यो कार्यक्रमले आमाको गर्भबाटै छोरीहरु तिरस्कार हुनुपर्ने र भ्रुण हत्या गरिने जस्ता सामाजिक कुसस्कारको पनि अन्त्य हुने अन्धविश्वासको मन्त्री केसीले बताउनुभयो । कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री माननिय दल रावलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश प्रमुख सचिब केवल प्रसाद भण्डारी, प्रदेश सभा सदस्य माननीय कुर्मराज शाही, प्रदेश सरकारका सचिबहरु, कालिकोटका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, कर्मचारी, पत्रकार लगायतको उल्लेख्य सहभागिता रहेको थियो l

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...