News Portal

हेर्नुहोस आज वि.सं. २०७६ साल मंसिर २९ गते आइतबार, सन् २०१९ डिसेम्बर १५ तारीखको राशीफल

ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

हिमाली संचार संवाददाता
५१३ पटक

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। आवेशमा काम गर्दा विवादमा परिनेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। बुद्धिको उपयोगले मात्र काम सम्पादन गर्न सकिनेछ। पारिवारिक असमझदारीले आँटेको काममा पछि हट्नुपर्ने स्थिति आउन सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्ने हुँदा व्यवहारमा सजग रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे लाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। प्रतिस्पर्धीहरू पछि हट्नेछन्। तारिफयोग्य कामले नाम, दाम र इनाम दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर प्राप्त भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। केही कठोर निर्णय लिनुपरे पनि चिताएको काम सम्पादन हुनेछ। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग पुनर्मिलन हुनेछ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू कमै भेटिनेछन्। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेको हुँदा सावधान रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पुराना कामको चर्चा हुनेछ भने प्रयत्न गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। सहयोगको नाममा धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरूबाट सजग रहनुहोला। सामाजिक जिम्मेवारी पनि बढ्नेछ। शुभचिन्तकहरूले भने राम्रै सहयोग जुटाउनेछन्। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। समाजसेवा, धर्मकर्म र परोपकारी काममा पनि प्रवृत्त भइनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप काममा उत्साह मिल्नेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीसमेत सहयोगी बन्नेछन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...