News Portal

  • बेवारिसे महिलाको उद्धारमा खटिइन् उपमेयर हरिप्रभा खड्गी

    हिमाली संचार संवाददाता
    ३५८ पटक

    काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले टुँडीखेलमा बिरामी भएर दुःख पाएकी एक महिलाको उद्धार गरेर उपचार गराएकी छिन्। बिहीबार राति काठमाडौं महानगरपालिकाका कर्मचारी, मानव सेवा आश्रमका सदस्यहरूलगायतसँग टुँडीखेल पुगेकी उपमेयर खड्गीले ती महिलाको उद्धार गरेकी हुन्।

    उद्धार गरिएकी महिला लामो समयदेखि बिरामी भएर सुतेकै ठाउँमा दिसापिसाब गर्ने अवस्थामा पुगेकी थिइन्। उनको वीर अवस्पतालमा उपचार भएको छ। काठमाडौं महानरपालिकाले ‘बेसहारा अभिभावकबिहीन सहयोगापेक्षी सडक आश्रित मानव मुक्त काठमाडौं महानगरपालिका घोषणा एवं निर्माण महाअभियान’ चलाएको छ।

    यो अभियानमा मानव सेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान)ले साथ दिएको छ। काठमाडौं महानगरपालिकाका सडक, मन्दिर र सार्वजनिक स्थानमा रहेका बेसहाराहरूलाई उद्धार गरेर उपचार गर्नेदेखि मानव सेवा आश्रममा राखेर खानपान र बासस्थानको कार्य गरिनेछ।

    उपमेयर खड्गीले मंसिर २९ गते काठमाडौं महानगरपालिकाभित्र रहेका बेसहारा र असायहरूलाई आफन्तको जिम्मा लगाइने बताइन्। आफन्त नभएकालाई महानगरले नै हेरबिचार गर्ने उनले बताइन्।

    २८ गतेसम्म उपमेयर खड्गी आफै असाहय र बेसहाराहरूको उद्धारमा खटिनेछिन्। बुधबारदेखि काठमाडौंका सडक, मन्दिर, सार्वजनिक स्थान लगायतमा रहेका बेसहारा, असाय, बिरामी आदिलाई उद्धार गरेका छौँ। उहाँहरूलाई सरकारी अस्पतालमा उपचार गराइनेछ’, उनले भनिन्, ‘आफन्त भएकाहरूलाई आफन्तको जिम्मा लगाइनेछ।

    आफन्त नभएकालाई मानव सेवा आश्रममा राखिनेछ। शुक्रबार राति पनि उपमेयर खड्गी मान सेवा आश्रमका सदस्य तथा कर्मचारीहरूसँग बेसहाराहरूको उद्धारमा जानेछिन्। काठमाडौंमा शुक्रबार अत्याधिक चिसो बढेको छ। चिसोमा कठ्याङ्ग्रिएकाहरूलाई पनि उनले उद्धार गर्नेछिन्।

    यो अभियानमा काठमाडौं महानगरपालिकाले केही बजेट छुट्टाएर मावन सेवा शुरु गरेको हो। काठमाडौं महानगरपालिकाकी उपमेयर खड्गीले बेसहारा र असायहरूलाई निःशुल्क उपचार गर्न वीर, कान्ति, टिचिङ, प्रसुतिलगायतका सरकारी अस्पताललाई आग्रह गरिएको जानकारी दिइन्।

    काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपमेयरमा विजयी भएकी खड्गीले आफूलाई दीन दुःखीहरूको सेवा पनि केन्द्रित गराउन थालेकी छिन्। उनले आफूलाई सकेसम्म अधिकांश समय जनताको सेवामा समर्पण गर्ने गरेकी छिन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अब धरहरा चढ्न सार्वजनिक बिदा कुर्नु नपर्ने, १२ घण्टा खुला रहने व्यवस्था लागू

    काठमाडौं, साउन १ – सर्वसाधारणका लागि धरहरा अवलोकनको समय थपिएको छ। अबदेखि राजधानीको ऐतिहासिक धरहरा...

    मन्त्री अधिकारीको खुलासा : मन्त्रिपरिषद् पुनर्गठनको सहमति भइसकेको छ, अडियो प्रकरणमा संलग्नता नदेखिए कारबाही भोग्न तयार

    काठमाडौं, साउन १ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले निकट भविष्यमा...

    मधेशी भएकै कारण राजीनामा दिन बाध्य पारियो : उपेन्द्र यादवको आरोप

    काठमाडौं, साउन १ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी समुदायमाथि विभेदपूर्ण...

    रतुवामाईका प्रधानाध्यापकहरूले पाठ्यपुस्तक खरिद रकम अहिलेसम्म नतिरेको खुलासा

    रविन्द्र बराल/ मोरङ, साउन १ – रतुवामाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूले स्थानीय पुस्तक पसलहरूबाट खरिद...

    अडियो प्रकरणमा मुछिएका मन्त्री अधिकारी आज एक वर्षे उपलब्धि सार्वजनिक गर्दै

    काठमाडौं, साउन १ – गठन गरिएको ओली सरकारभित्र एकपछि अर्को गर्दै घोटाला र विवादका शृंखलामा...