News Portal

प्याब्सन काठमाडौंको अध्यक्षमा गेन्द्र लामा चयन

हिमाली संचार संवाददाता
६०० पटक

काठमाडौ : निजी तथा आवासीय विद्यालयहरुको संगठन काठमाडौं (प्याब्सन)मा गेन्द्र लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

काभ्रेको धुलिखेलमा भएको चौथो अधिवेशनबाट अध्यक्ष लामा सहित १५ सदस्य कार्यसमिती निर्वाचित भएका छन्।

समितिको उपाध्यक्षमा समिर बास्तोला, महासचिवमा राजन श्रेष्ठ, उप–महासचिवमा भिष्मराज ढकाल, सचिवमा दिबेस खत्री, कोषाध्यक्षमा मिन कुमार कोइराला, सह–कोषाध्यक्षमा सुदिप काफ्ले निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा लेखजंग खत्री, राजेन्द्र पुडासैनी, भोज कुमार धमला, होमलक्ष्मी गुरुङ, तेन्जिङ्ग भुटिया, राजकुमार गिरी, सन्तोष लुइटेल र अनिता गिरी चयन भएका छन्।

नव निर्बाचित कार्यसमितीलाई निर्बाचान आयुक्त अधिबक्ता सिपी आचार्यले सपथ ग्रहण गरेका थिए।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लामाले मन्तव्य राख्दै चौथो अधिबेशनबाट म र मेरो टिमलाई बिस्वास गरि निर्बिबाद कार्यसमिति चयन गर्न सहयोग गरेकोमामा निबर्तमान कार्यबाहक अध्यक्ष, सस्थापक अध्यक्ष , पुर्व अध्यक्षहरु, सल्लाहकारहरु लगायत बिधालयका सम्पुर्ण प्रतिनिधिहरुलाइ धन्यवाद ब्यक्त गर्दै आफुलाइ दिइएको जिम्मेवारीलाई इमान्दारिता र लगनशिलताका साथ निजी विद्यालयहरुको मर्म र भावना अनुरुप काम गर्ने, प्याब्सकको एकता, भातृत्व, भाइचाराको सम्बन्धलाई अझ बलियो बनाउदै प्याब्सकलाई सबल र आर्थिक रुपमा समृद्ध प्याब्सक बनाउने प्रतिवद्धता जनाए।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...