News Portal

कोशी टप्पु वन्यजन्तु आरक्षमा २१ हजारभन्दा बढी पर्यटक

हिमाली संचार संवाददाता
७०३ पटक

इनरुवा : अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ ।

आरक्षमा आव २०७४’/७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१ हजार ३६३ नेपाली, सार्क मुलुकबाट ५४ र विदेशी ३८२ गरी कुल २१ हजार ७९९ पर्यटकले आरक्ष अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो ।

गत वर्षको साउनमा ११३, भदौमा ३८९, असोजमा ६२४, कात्तिकमा एक हजार ८९५, मङ्सिरमा एक हजार ५६८, पुसमा दुई हजार ४५५, माघमा एक हजार ८१२, फागुनमा दुई हजार ४०७, चैतमा एक हजार ७९०, वैशाखमा तीन हजार ६६१, जेठमा एक हजार ६७४ र असारमा दुई हजार ४८४ पर्यटक आरक्षमा आएको संरक्षण अधिकृत साहले जानकारी दिनुभयो ।

आरक्षमा सबैभन्दा कम साउन महिनामा पर्यटक आएका छन् भने सबैभन्दा बढी बैशाखमा पर्यटक आएका छन् । अर्ना र चराचुरुङ्गीको अवलोकनका लागि आरक्षमा पर्यटक आउने गर्छन् ।

आरक्षमा आएका पर्यटकहरुबाट रु २३ लाख ५४ हजार ३१० राजश्व संकलन भएको पनि आरक्षले जनाएको छ ।

माछा मार्नका लागि अनुमति

कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोशी नदी र सीमसार क्षेत्रमा माछा मार्नका लागि अनुमति दिएको छ ।

तीन महिनादेखि सप्तकोशी नदी र सीमसार क्षेत्रमा बन्द गरेको माछा मार्ने कार्य खुल्ला गरेको आरक्षका संरक्षण अधिकृत साहले जानकारी दिनुभयो ।

कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय पश्चिमकुशाहाले सप्तकोशी नदीको कोशी ब्यारेजदेखि चतरासम्म र सीमसार क्षेत्रमा माछा मार्नका लागि अनुमति दिएको हो ।

जेठ, असार र साउन तीन महिना माछाको प्रजनन अवधि भएको भन्दै माछा मार्नका लागि आरक्षले निषेध गरिएको थियो ।

सप्तकोशी नदी र सीमसार क्षेत्रमा माछा मार्नका लागि अनुमति दिएसँगै आरक्षमा अनुमति लिनेहरुको भीड लागेको संरक्षण अधिकृत साहले जानकारी दिनुभयो । रासस

प्रतिकृया दिनुहोस्

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...