News Portal

युएईको अलएनमा कोच सांगीतिक कार्यक्रम हुँदै

हिमाली संचार संवाददाता
७८६ पटक

आरपी ढुंगेल
युएई ०९, २०१९ डिसेम्बर : कोच प्रवासी समाज युएईद्वारा अलऐनमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। आफ्नो भाषा, संस्कृतिको जगेर्ना गर्ने उदेश्यले कोच सांगीतिक कार्यक्रम-२०१९ आयोजना गर्न लागेको आयोजक समाज युएईका अध्यक्ष योगेन्द्र राजवंशीले बताएका छन्।

आगामी २० डिसेम्बर, शुक्रबार फुड वर्ल्ड रेस्टुरेण्ट अलऐनमा हुन लागेको यस कार्यक्रममा नेपालबाट युवा गायक बलराम राजवंशीको उपस्थिति रहने समाजले जनाएको छ।

कोच समुदायमा लोकप्रिय गायकको रूपमा प्रसिद्ध बलरामले उक्त कार्यक्रममा आधुनिक साथै आफ्नो समुदायका प्रस्तुति देखाउने छन।

यो कार्यक्रमलाई अलऐन क्षेत्रमा रहेका क्रियाशिल संस्था एनआरएनए, अलऐन र झापाली समाज लगायत आठ वटा समाजको प्रत्यक्ष सहयोग रहने एनआरएनए आरसीसी अलएनका अध्यक्ष उज्ज्वल दाहालले बताएका छन्।

कोच सांगितिक कार्यक्रम- २०१९’ को आयोजनालाई झापाली समाजले पुर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता गरेको समाजका अलएन संयोजक सरस्वती बास्तोलाले जानकारी दिएकी छन्।

वैदेशिक रोजगारीको क्रममा युएईमै कार्यरत नेपाली कलाकारहरु प्रशान्त ताजपुरिया, उज्वल दाहाल, गोरांगो राजबंशी, सुजन राजवंशी, शान्ति तामाङ, पुजा रेग्मी, निर्मला वाइबा साथमा अन्य कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...