News Portal

युएईको अलएनमा कोच सांगीतिक कार्यक्रम हुँदै

हिमाली संचार संवाददाता
६६४ पटक

आरपी ढुंगेल
युएई ०९, २०१९ डिसेम्बर : कोच प्रवासी समाज युएईद्वारा अलऐनमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। आफ्नो भाषा, संस्कृतिको जगेर्ना गर्ने उदेश्यले कोच सांगीतिक कार्यक्रम-२०१९ आयोजना गर्न लागेको आयोजक समाज युएईका अध्यक्ष योगेन्द्र राजवंशीले बताएका छन्।

आगामी २० डिसेम्बर, शुक्रबार फुड वर्ल्ड रेस्टुरेण्ट अलऐनमा हुन लागेको यस कार्यक्रममा नेपालबाट युवा गायक बलराम राजवंशीको उपस्थिति रहने समाजले जनाएको छ।

कोच समुदायमा लोकप्रिय गायकको रूपमा प्रसिद्ध बलरामले उक्त कार्यक्रममा आधुनिक साथै आफ्नो समुदायका प्रस्तुति देखाउने छन।

यो कार्यक्रमलाई अलऐन क्षेत्रमा रहेका क्रियाशिल संस्था एनआरएनए, अलऐन र झापाली समाज लगायत आठ वटा समाजको प्रत्यक्ष सहयोग रहने एनआरएनए आरसीसी अलएनका अध्यक्ष उज्ज्वल दाहालले बताएका छन्।

कोच सांगितिक कार्यक्रम- २०१९’ को आयोजनालाई झापाली समाजले पुर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता गरेको समाजका अलएन संयोजक सरस्वती बास्तोलाले जानकारी दिएकी छन्।

वैदेशिक रोजगारीको क्रममा युएईमै कार्यरत नेपाली कलाकारहरु प्रशान्त ताजपुरिया, उज्वल दाहाल, गोरांगो राजबंशी, सुजन राजवंशी, शान्ति तामाङ, पुजा रेग्मी, निर्मला वाइबा साथमा अन्य कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...